Powered by Blogger.
थाहा नगरमा एमालेले तोक्यो चुनावी कमाण्डर, एक हजार एक सदस्यीय निर्वाचन परिचालन कमिटी


पालुङ, २३ चैत । आगामी बैशाख ३१ हुने स्थानीय निकाय निर्वाचनलाई लक्षित गरी नेकपा (एमाले) ले मकवानपुरको थाहा नगरपालिकामा एक हजार एक सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

बुधबार बसेको एमाले थाहा नगर कमिटीको बैठकले अच्युतमप्रसाद ढकालको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेको हो । 

परिचालन कमिटीमा नगर कमिटीका ८१ जना, वडा निर्वाचन परिचालन कमिटीका ४ सय २१ जना, युवा संघका ६२ जना, महिला संघका ६२ जना, महिला कृषक, युवा कृषक, तरकारी उत्पादक कृषक, पेसागत संगठन, खेलकुद महासंघ, प्रेस चौतारी, अनेरास्ववियु, साँस्कृतिक महासंघ लगायतका कमिटीका सदस्यहरु रहेका छन् । 

एमालेले थाहा नगरमा निर्वाचन परिचालन गर्न नगर संगठन कमिटी अध्यक्ष विष्णुप्रसाद ढकालको संयोजकत्वमा स्टेरिङ कमिटी, राजु नापितको ंसंयोजकत्वमा आर्थिक श्रोत परिचालन कमिटी, विष्णुहरी ढकालको संयोजकत्वमा प्रचारप्रसार कमिटी र प्रदिप प्रधानको संयोजकत्वमा स्वयंसेवक कमिटी समेत गठन गरेको छ । 

अन्य आवश्यक कमिटीहरु समेत गठन गरेको नगर कमिटी संयोजक विष्णप्रसाद ढकालले बताए ।

0 comments

Write Down Your Responses