Powered by Blogger.
पालुङ क्याम्पसमा गोले प्यानल निर्वाचित

थाहानगर,१८ फाल्गुन /  पालुङ बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनमा अखिल क्रान्तिकारी, अखिल छैठौं, नेपाल बिद्यार्थी संघको संयुक्त प्यानल विजयी भएको छ ।
बुधबार सम्पन्न निर्वाचनबाट संयुक्त प्यानलका सभापति उम्मेद्वार मुकेश गोले  ६३ मतका साथ विजयी भएका हुन् । गोले अखिल क्रान्तिकारीको तर्फबाट उम्मेद्वार भएका हुन् । उनका निकटतम प्रतिद्वन्दि अनेरास्ववियु प्यानलका सभापतिका उममेद्वार गणेश खत्रीलाई ३८ मतले पछि पार्दै विजयी भएका हुन् । खत्रीले जम्मा २६ मत पाएका थिए ।
यसैगरी क्रान्तिकारी प्यानलबाट सचिव ५७ मत सहित संजिता गोपाली, ६० मत सहित कविता विष्ट कोषाध्यक्ष निवाचित भएका छन् ।
सदस्यहरुमा ६१ मत सहित आयुष विक, ६३ मत सहित रजनी कार्की र ५६ मत सहित ललिताकुमारी अर्याल निर्वा्चित भएका छिन् । १०२ जना मतदाता भएको क्याम्पसमा जम्मा ९६ मत खसेको थियो ।
निर्वा्चित भएपछि अध्यक्ष गोलेले विद्यार्थीको हकहितमा निरन्तर लागि परिरहने प्रतिवद्धता जनाउनु भएको छ ।

0 comments

Write Down Your Responses