Powered by Blogger.
मकवानपुरको कोगटेमा वडा भेला


मकवानपुर, १८ फाल्गुन / नेकपा माओवादी केन्द्र मकवानपुरको भीमफेदी गाउँपालिका अन्तर्गत वडा नम्वर
७ कोगटेमा वडा भेला बुधबार सम्पन्न भएको छ । केन्द्रीय आयोजक समिति सदस्य ललित घलानको प्रमुख आतिथ्यतामा भएको भेलाले बासु चुनीको अध्यक्षता रहने गरी २१ सदस्यीय कमिटी चयन भएको छ । जसको उपाध्यक्षमा हरिबहादुर राना, सचिव झलक घलान, सहसचिव कृष्ण घलान, कोषाध्यक्ष अनिता ठाडामगर चयन भएको पार्टी प्रचार विभाग प्रमुख कमान सिं पाख्रिन ‘प्रथक’ ले जानकारी दिए । कार्यक्रममा भीमफेदी गाउँपालिका इन्चार्ज प्रमिला पुलामी लामा, अवसरा लोप्चनलगायतको आतिथ्यता रहेको थियो । त्यसैगरी वाइसिएल नेपाल को ७ नम्वर वडा कमिटीमा प्रिसजंग घलानको चयन भएका छन् । बुधबार भएको भेलामा घलानको अध्यक्षतामा १३ सदस्यीय कमिटी गठन भएको हो ।
यस्तै नेकपा माओवादी मकवानपुर बाग्मति गाउँपालिका वडा नम्वर १ माझगाउँमा वडा भेला सम्पन्न भएको छ । पार्टी केन्द्रिय महाधिवेशन आयोजक समिति सदस्य सर्केश घलानको प्रमुख आतिथ्यता रहेको भेलाले डोरबहादुर थापाको अध्यक्ष रहने गरी  २१ सदस्य कमिटी गठन भएको छ । जसको उपाध्यक्षमा श्यामकृष्ण राई, सचिवमा ज्ञानबहादुर राई, सहसचिव हरीप्रसाद राइ, कोषाध्यक्ष बुद्धिमाया राई चयन भएको पार्टी प्रचारविभाग प्रमुख कमान सिं पाख्रिन पृथकले जानकारी दिए  । त्यसैगरी गढी गाउँपालिका वडा नम्वर ४ मा रामशरण दाहलको अध्यक्षतामा २१ सदस्यीय कमिटी विस्तार गरेको छ ।जसको उपाध्यक्षमा अमर रुम्वा, सचिव हेमबहादुर योञ्जन, सहसचिवमा दिपेश थिड्ड, कोषाध्यक्षमा विमल न्यौपाने चयन भएका छन् ।
त्यसैगरी जोगेन्द्र राइको अध्यक्षतामा ११ सदस्यीय वाइसिएल वडा कमिटी गठन भएको छ भने ज्योति राई रहने गरी ११ सदस्य अखिल नेपाल क्रान्तिकारी महिला संगठन विस्तार गरेको छ । कार्यक्रम केन्द्रीय आयोजक समिति सदस्य अरुण बल, जनक पहरी, सुनिता खड्कालगायतको आतिथ्यता रहेको थियो ।

0 comments

Write Down Your Responses