Powered by Blogger.
नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ(फापुन) मकवानपुरको दोस्रो अधिवेशन सकियो

मकवानपुर,२२ फाल्गुन / नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ(फापुन) मकवानपुरको दोस्रो अधिवेशन सम्पन्न भएको छ । हेटौडा भएको अधिवेशन नेपाल कृषि तथा बगान क्षेत्रश्रमिक संघका केन्द्रिय अध्यक्ष पूर्णचन्द्र उपाध्यायले उद्घाटन गर्नु भएको हो ।
अधिवेशनको उद्द्धाटन गर्दै १ करोट २९ लाख हेक्टर क्षेत्रफल बाँझो रहेकोले अबका दिनमा खाद्यसंकट आउने बताउनु भयो । ४२ प्रतिशत साना तथा मझौला कृषक उद्योगले सरकार सँग क्रण माग्दा समेत सरकारले उपलब्ध गराउन नसक्दा कृषक मर्कामा परेको र उतिकै सङख्यामा यूवा विदेश पलायन हुनुले खाद्यसंटक आउने दावि गर्दै यस तर्फ सरकार सचेत हुनुपर्नेमा जोड दिनु भयो ।
उहाँले मजदुरी गर्ने मजदुरहरुको सुरक्षामा सरकारले ध्यान दिनुपर्ने बताउँदै  मजदुरहरुलाई पेन्सनको ब्यवस्था गर्न सरकारसँग माग समेत गर्नु भयो ।
सो कार्यक्रममा ३ नम्बर प्रदेश सदस्य गीता कार्की, जिफन्ट मकवानपुरका सदस्य सिताराम तिमल्सेना, क्यूपेक नेपाल जिल्ला अध्यक्ष देविप्रसाद उपाध्याय, पत्रकार महासंघ मकवानपुर शाखाका सह—सचिव धमेन्द्र दाहाल लगायतले मन्तव्य राख्नु भएको थियो ।
 अध्यक्षमा पूनः न्यौपाने
यसैविच सोहि अधिवेशनले  नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ(फापुन) मकवानपुरको अध्यक्षमा पुनः शंकरप्रसाद न्यौपाने निर्वाचित हुन भएकोछ । सो जिल्ला कमिटिकोे उपाध्यक्षमा कृष्ण वाईवा, सचिवमा मन्दिरा देवकोटा, सहसचिवमा सरिता सिग्देललाई चयन गरेको छ ।
समितिको सदस्यहरुमा सावित्री न्यौपाने, कृष्ण लामिछाने, मिनप्रसाद दाहाल, शान्ति महर्जन, राधिका सापकोटा तथा सुनकाजी बलामी चयन भएका छन् ।
नवनिर्वा्चित कार्यसमितिलाई नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ(फापुन)का केन्द्रीय अध्यक्ष पूर्णचन्द्र उपाध्यायले पद तथा गोपनियताको सपथ खुवाउनु भएको थियो ।

0 comments

Write Down Your Responses