Powered by Blogger.
२२ सय ५३ जनाले निःशुल्क जाँच तथा उपचार सेवा पाए


 रुपक कालिराज
मकवानपुर,२२ फाल्गन / स्वास्थ्य समस्या भएका २२ सय ५३ जनाले निःशुल्क जाँच तथा उपचार सेवा पाएका छन् । जिविकोपार्जन अभिमुखिकरण प्राकृतिक स्रोत साधन मञ्च मकवानपुर र नेपाल श्री वैशणव् परिषद्को संयूक्त आयोजनामा मकवानपुरको हटियामा भएको निःशुल्क स्वास्थ्य शिविरबाट शिवम् शिमेन्टबाट प्राभावित क्षेत्र हटिया, हर्नमाडि, सुकौरा, गढि लगायतको क्षेत्रका बासिन्दाले प्रत्यक्ष लाभ लिएका हुन् ।
 जिल्लाको हेटौडा २२ हटियाको लक्ष्मी आधारभुत नमुना विद्यालयमा भएको दुई दिनसम्म चलेको शिविरबाट हार्ड जोर्नी,नसा तथा वाथ, वाल रोग, स्त्री तथा छाला रोग ,नाक कान घाँटि, टाउको मुटु रोग ,पाठेघरका साथै दाँत लगायतका र अन्य सबै रोगका गरि २२ सय ५३ जना लाभान्वित भएको आयोजकले जनाएको छ ।
आयोजकले लक्षित गरेभन्दा बढी संख्यामा बिरामीले शिविरबाट लाभ उठाएको कार्यक्रमका संयोजक गोविन्द गौतमले बताउनु भयो । शिविरमा २२ जना विशेषज्ञ चिकित्सकसहित अन्य स्वास्थ्यकर्मीले बिरामीको उपचार गरेका थिए ।
 सामान्य शल्यक्रियासहित अधिकांश रोगका बिरामीको उपचार गरिएको शिविरमा खटिनुभएका चिकित्सकहरुले बताएका छन । शिविरमा हार्ड जोर्नी, नसा तथा वाथ, वाल रोग, स्त्री तथा छाला रोग ,नाक कान घाँटि, टाउको मुटु रोग विषेशज्ञाको साथै दाँत सम्बन्धी विशेषज्ञ चिकित्सकले सेवा दिएका थिए ।
शिविरमा पाठेघर,आँखा ,मुटु, छाती र पेटसम्बन्धी रोगका बिरामीको बढी चाप रहेको थियो । शिविरमा रोगको परीक्षण, औषधि वितरण लगायतका सेवा दिइएको थियो । साथै शिविरबाट सिफारिस भएका बिरामीको शल्यक्रियाका लागि केहि विरामीलाई निशुल्क उपचारको लागि काठमाण्डौ पठाएको जनाएको छ ।

0 comments

Write Down Your Responses