Powered by Blogger.
‘काम गर्न पद चाहिँदैन’–गिरिजा अधिकारी

बलराम पुडासैनी
हेटौंडा, २२ फागुन÷ नेपाल पत्रकार महासंघ मकवानपुरका निवर्तमान उपाध्यक्ष गिरिजा अधिकारीले काम गर्नेलाई पदकै आवश्यकता नरहने बताउनुभएको छ ।
आज मकवानपुरमा साप्ताहिक–पाक्षिक–प्रकाशक संजालको गठन कार्यक्रममा बोल्दै उहाँले आफु कुनै पदमा नरहे पनि मकवानपुरे पत्रकारको हकहितका निम्ति सधैँ आफ्नो भूमिका रहने बताउनुभयो ।
वर्तमान अवस्थामा साप्ताहिक,पाक्षिक, र मासिक पत्रिकालाई विज्ञापन वितरणमा असमान व्यवहार भएको भन्दै उहाँले त्यस्ता समस्याहरुको निराकरणकालागि सम्बन्धित निकायसँग समन्वय गरि विज्ञापनको समान वितरण गर्ने अवस्था बनाउन आफु डटेर लागिपर्ने दाबी गर्नुभयो । उद्योगहरुसँग विज्ञापनकालागि छुटाइएको रकमको केही प्रतिशत स्थानियलाई दिनुपर्ने र मकवानपुरे मिडियामा उचित विज्ञापनको दर रेट समेत मिलाउन पहल गर्ने पनि उहाँले जानकारी दिनुभयो ।
सबैको साथ सहयोग प्राप्त भएमा श्रमजिवी पत्रकारहरुको हकहितका लागि सधैँ तत्पर रहने र पत्रकारलाई पत्रकारिताबाटै परिवार पाल्न सक्ने अवस्थाको सिर्जना गर्न आफु लागि पर्ने उहाँले प्रतिबद्धता समेत जाहेर गर्नुभयो । उहाँले मकवानपुरे मिडिया तथा पत्रकारहरुले अब निश्चित बिट अनुसार कार्य गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

0 comments

Write Down Your Responses