Powered by Blogger.
नगर स्तरिय महिला संजाल गठन

मकवानपुर, १९ फाल्गुन / हेटौडा उपमहानगरपालिकामा नगर स्तरिय महिला संजाल गठन गरिएको छ । उपमहानगरपालिकाको साविकका ११ वडाबाट एक एक जना महिलाको प्रतिनिध्त्व हुने गरी संजाल गठन गरिएको हो । 
कर्रा टोल विकास संस्थाकी अध्यक्ष तथा ४ नं वडा नागरिक मञ्चकी संयोजक चन्द्रकान्ता श्रेष्ठको संयोजकत्वमा गठित ११ सदसिय संजालमा वडा नं १ बाट जुना मल्ल, २ बाट रेनु गुरुङ, ३ बाट गोमा कुमारी राजथला, ४ बाट चन्द्रकान्ता श्रेष्ठ, ५ बाट ईश्वरी चालिसे, ६ बाट भावना रिजाल, ७ बाट ईश्वरी अर्याल, ८ बाट शुशीला मल्ल ९ बाट दुर्गा अर्याल, १० बाट फुलमाया गुरुङ र वडा नं ११ बाट तुलसा ढुङ्गाना रहेका छन् ।

 संजालको सह—संयोजकमा तुलसा ढुङ्गाना र सचिवमा रेनु गुरुङ रहेका छन् । ५ सदसिय पारालिगल कमिटि पनि गठन गरिएको संजालकी संयोजक चन्द्रकान्ता श्रेष्ठले बताउनुभयो । नारी सिप श्रृजना केन्द्रको पहलमा गठित संजालले महिला अधिकारको क्षेत्रमा काम गर्ने महिलाको लागि समानता परियोजनाकी संयोजक कमला घलानले बताउनुभयो ।

0 comments

Write Down Your Responses