Powered by Blogger.
समुदायसँग सुमधुर सम्बन्ध स्थापित गर्न प्रहरी कटिवद्ध : एसपी लामा


मकवानपुर, २३ फाल्गुन / समाजमा नागरिकसँगको सम्बन्ध विस्तार गर्दै समुदायसँग सुमधुर सम्बन्ध स्थापित गर्न प्रहरीले प्रयास गरिरहेको आज हेटौंडामा आयोजित कार्यक्रममा बताइएको छ ।

नागरिकसँगको सम्बन्ध विस्तारमा प्रहरीको तर्फबाट पहल भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख बसन्त कुमार लामाले बताउनु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले आयोजना गरेको नागरिक सुनुवाई कार्यक्रममा बोल्द समुदायसँग सुमधुर सम्बन्ध स्थापित गर्न लागि परिरहेको बताउनु भयो ।

उहाँले नागरिक र प्रहरीबीचको सम्वन्धलाई वलियो बनाउको लागि प्रहरी मेरो साथी अभियान, मुस्कान सहितको सेवा लगायतका कार्यक्रम सञ्चालन भएको एस पी लामाले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय मकवानपुरले विगत ३ महिनामा सञ्चालन गरेका कार्यको उपलब्धी र चुनौतीबारे जानकारी दिँदै नागरिकका गुनासा तथा प्रतिक्रिया भए टिप्पणीका रुपमा लिई सुधार गर्नका लागि कार्यक्रम सञ्चालन गरिएको लामाले बताउनुभयो ।
 सो अवसरमा एसपी लामाले ३ महिनामा भएका कार्य सम्पादन विवरण, अनुसन्धानका क्रममा भएका नियन्त्रण, अपराधमा कारबाही, फरार अपराधी पक्राउ, लागु औषधका कारबाही, ट्राफिक कारबाही, अवैध सुन पक्राउ जस्ता कामको विवरण प्रस्तुत गर्नुभयो । कार्यक्रममा नागरिक समाज, विभिन्न संघ संस्था र राजनीतिक पार्टी, सामुदायिक प्रहरी, सर्वसाधारण लगायतले जिज्ञासा राखेका थिए । सो जिज्ञासालाई प्रमुख लामाल स्पष्ट  पार्नु भएको थियो ।

0 comments

Write Down Your Responses