Powered by Blogger.
सामुदायिक निगरानी समितिको कार्य समिक्षा सम्बन्धि कार्यशाला सम्पन्न

मकवानपुर, २४ फाल्गुन ÷ सामुदायिक निगरानी समितिको कार्य समिक्षा सम्बन्धि एक दिने कार्यशाला गोष्ठि सम्पन्न भएको छ । नारी सिप श्रृजना केन्द्र र अक्सफामको साझेदारीमा कार्यशाला आयोजना गरिएको हो । मकवानुरका ५ वटा गाविसको सामुदायिक अंक तालिकाको कार्यसमिक्षा गरिएको थियो । चित्लाङ, मार्खु, फाखेल, कुलेखानी र सिस्नेरी गाविसका निगरानी समितिले तयार पारेको प्रतिवेदन माथि समिक्षा गरिएको हो । निगरानी समिति गठन हुनु अघि र गठन भइसके पछिको अवस्थालाई प्रतिवेदनमा जनाइएको थियो । अंक तालिका विधिबाट गरिएको परिक्षणले सेवा प्रदायक र सेवाग्राहीबिचको सम्बन्धलाई बढाएर लगेको र सेवा सुधारमा सहयोग पुगेको सहभागिले बताएका थिए । कार्यक्रममा जिल्ला कृषि विकास कार्यालयका अमर कान्त झा, जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा. राम प्रकाश प्रधानले निगरानी समितिले तयार पारेको प्रतिवेदनमाथि समिक्षा गरेका थिए

0 comments

Write Down Your Responses