Powered by Blogger.
योङ कम्यूनिष्ट लिगको वडा भेला सम्पन्न


मकवानपुर,३ चैत्र / नेकपा माओवादी केन्द्र मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नम्वर १३ पदमपोखरीमा योङ कम्यूनिष्ट लिग को वडा भेला सम्पन्न भएको छ ।  योङ कम्यूनिष्ट लिग जिल्ला कार्यालय सदस्य तथा १३ नम्वर वडा पार्टी सचिव बसन्त लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा पार्टी महाधिवेशन आयोजक कमिटि सदस्य तथा उपमहानगरपालिका पार्टी कमिटि ईन्चार्ज बलराम बलको प्रमुख आतिथ्यता रहेको थियो । भेलाले सुरेस थिङको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा नीरबहादुर भ्लोन, सचिव हर्कबहादुर डिमडुङ, सहसचिव सदन लामा, कोषाध्यक्षमा तारामाया लामा चयन भएको महाधिवेशन आयोजक समिति सदस्य तथा पार्टी प्रचार विभाग प्रमुख कमान सिं पाख्रिन ‘पृथक’ ले जानकारी दिए । कार्यक्रममा महाधिवेशन आयोजक समिति सदस्य ललित घलान, उपमहानगर पालिका सह–संयोजक विवेक राई, वाईसिएल जिल्ला कार्यलय सदस्य अरुण बल, १३ नम्वर पार्टी अध्यक्ष अशोक बल, उपाध्यक्ष सार्कीमान हिन्दुङ लगायतकाको आतिथ्यता रहेको थियो ।

0 comments

Write Down Your Responses