Powered by Blogger.
आग्रामा नमुना खेल मैदान बन्दै

मकवानपुर, ६ चैत्र /उत्तरी मकवानपुरको थाहा नगरपालिका वडा नं.७ साविकको आग्रा गाविस वडा नं.६ मा खेल मैदानको निर्माण कार्य थालनी गरिएको छ । खेल मैदानको लागि निर्वाचन क्षेत्र विकास कोषबाट प्राप्त भएको ३ लाखको लागतमा निमार्ण भइरहेको खेलकुद उनिउचौर खेलकुद मैदान निर्माण उपभोक्त समितिका अध्यक्ष पूर्ण थिङले बताउनु भयो ।
५० मिटर चौडाइ र १ सय  मिटर लम्बाईमा बन्न लागेको थिङले बताउनु भयो । सो खेलकुद निमार्ण  गर्नको लागि ३ लाखले नपुग्ने बताउदै सबैले सहयोग गर्नको लागि आग्रह समेत गरेको छ ।

फुटबल खेलका लागि उपयुक्त  खेल मैदान नहुँदा त्यस भेगका फुटबलमा रुचि राख्ने र सम्भावना भएका खेलाडीहरुले पनि कुण्ठित भएर बस्नुपर्ने बाध्यता रहेकाले सो निमार्ण गर्न लागेको उनिउचौर खेलकुद मैदान निर्माण उपभोक्त समितिका सचिव सुरज थिङले जानकारी दिनु भयो ।

सो खेल मैदानलाई क्षेत्रिय खेल मैदान बनाउने उद्देश्यको साथ अगाडि बडिरहेको थिङले बताउनु भयो । ग्रामिण भेगमा पनि ठूलो खेलकुद मैदान बन्ने भएपछि खेलकुदप्रेमि हर्षित भएका छन ।

0 comments

Write Down Your Responses