Powered by Blogger.
पत्रकार ढुङ्गानालाई अन्तराष्ट्रिय अनलाइन पत्रकारिता पुरस्कार


काठमाडौं, ७ चैत ।  पत्रकार कृष्ण ढुंगानालाई बेलायतमा स्थापना गरिएको स्वर्गीय सीतादेवी ढकाल अन्तराष्ट्रिय अनलाइन पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ ।

गैरआवासीय नेपाली संघका संस्थापक सचिव तथा समाजसेवी चिरन्जीवी ढकालले आफ्नी स्वर्गीय आमा सीतादेवी ढकालको स्मृतिमा स्थापना गरेको पुरस्कार पाउने ढुंगाना दोस्रो पत्रकार हुन् । 

उनी नागरिक न्यूज डटकमका संयोजक हुन् । यसअघि पत्रकार उमेश श्रेष्ठलाई सो पुरस्कार प्रदान गरिएको थियो । अनलाइन मिडियामा कलम चलाउने एकजना पत्रकारलाई दुई दुई वर्षमा प्रदान गरिने सो पुरस्कारको राशी ५ सय अमेरिकी डलर छ ।

यसअघि सीतादवी ढकाल प्रतिष्ठानले सार्वजनिक सूचना जारी गरी अनलाइन मिडियामा सकृय पत्रकारहरुसँग आवेदन माग गरेको थियो । समयसीमा भित्रप्राप्त आवेदनहरुमध्येबाट पुरस्कार छनोट निर्णायक समितिले पुरस्कारका लागि ढुंगानालाई छनौट गरेको हो ।

यस वर्षको पुरस्कार सन २०१७ भित्र काठमाडौंमा एक विशेष कार्यक्रमको आयोजना गरी प्रदान गरिने सो पुरस्कारका संस्थापक ढकालले बताए । 

रत्नराज्यलक्ष्मी क्याम्पसबाट पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर ढुङ्गाना अनलाइन पत्रकारितामा लामो समयदेखि आवद्ध छन् । 

0 comments

Write Down Your Responses