Powered by Blogger.
स्थानीय चुनावमा सम्पुर्ण नेपालीको सहभागिता अत्यावश्यक : थापा

मकवानपुर, १३ चैत्र /उपप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापाले स्थानिय तह कार्यान्वयनमा आउनु ठुलो उपलब्धी भएको बताउनु भएको छ ।
 मुलुकमा २० वर्ष पछि हुन लागेको यस चुनावले स्थानीय सरकारको निर्माण गर्ने भएकोले यस चुनावमा सम्पुर्ण नेपालीको सहभागिता अत्यावश्यक रहेको पनि बताउनुभयो । जिल्ला समन्वयन समिती मकवानपुरले जिल्लाको बस्तुस्थिती बारे जानकारी दिन गरेको कार्यक्रममा बौल्दै थापाले स्थानिय तहमा अझै पनि कर्मचारी पुग्न नगसकेको भन्दै स्थानिय तह कार्यान्वयनको लागि र निर्वाचनको लागि पनि कर्मचारी ब्यवस्थापना आबस्यक रहेको बताउनुभयो । मकवानपुरका  ४६ वटा वडामा अझै कर्मचारी नपुगेको अवस्थामा छिटै कर्मचारी ब्यबस्थापन गर्न पनि उहाँले कार्यलय प्रमुखलाई निर्देशन दिनु भएको थियो ।

 स्थानिय तहको विषयमा केहि आन्योल अस्पस्टता र विरोधाभास भए पनि अबको गाउँपालिका पनि सुबिधा सम्पन्न हुनका साथै कम्तिमा पनि दश करोड रुपैयाँ बार्षिक बजेट आउने मन्त्री थापाले बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका थापाले अहिलेको ब्यवस्था अनुसार जनताले आफ्नो शासन आफै गर्ने, आफ्नो विकास आफै गर्ने र अधिकार घरघरमा पु¥याउने काम गरेको बताउनुभयो । सरकारले कर्मचारी खटाई सकेकोले प्ररम्भिक कार्य संचालन गर्न  ७ सय ४४ वटै स्थानिय निकायमा वजेट विनियोजन नगरीएको पनि उहाले बताउउनुभयो  ।

0 comments

Write Down Your Responses