Powered by Blogger.
माइ शपले खोल्यो महाराजगन्जमा सातौ शाखा, कम्पनीमा वाताबरण मैत्री केमिकल्समात्र प्रयोग हुने

काठमाडौं - ग्राहकको समस्यालाई मध्यनजर गर्दै माइ शपले आफ्नो सातौ शाखा विस्तार गरेको छ । ७० बर्ष देखि ड्राइ क्लीनिङको क्षेत्रमा आफ्नो वर्चस्व कायम राख्दै ग्राहकहरुको सेवामा अनवरत रूपमा काम गर्दै आइरहेको माइ शप ड्राइ क्लीनर्सले आफ्नो सातौ शाखा आज महाराजगन्जमा खोलेको हो ।

अत्याधुनिक मेशीनबाट जुनसुकै गार्मेन्ट्सहरु सफा गर्ने यस कम्पनीले बातावरण मैत्री केमिकल्सहरु मात्र प्रयोग गर्ने र सफाइमा कुनै कसर नछोड्ने बताएको छ। बीसौ बर्ष देखि कार्यरत कर्मचारीहरुले ड्राइ क्लीनिङ ब्यवसायमा बिशेषग्यता हासिल गरिसकेका छन् ।

तीन पुस्ता देखि निरन्तर चल्दै आएको यस कम्पनीलाई समाजमा घरगृहस्ती एवम व्यवसायिक क्षेत्रका धेरैले रुचाउने गरेको कम्पनीको मालिक नीलम हर्जानिले बताउनुभयो । सातौ शाखाको शुभारम्भको अवसरमा फाल्गुन २७ तारिख सम्म ड्राइ क्लीनिङमा १५५ छुटको व्यवस्था राखिएको छ । 

0 comments

Write Down Your Responses