Powered by Blogger.
थाहाकला केन्द्रेको पहिचान गीतको विमोचन

मकवानपुर, १४ चैत्र / कला र संस्कृति देशको पहिचान,यसको संरक्षण हाम्रो अभियान भन्ने मुल नाराको साथ स्थापना भएको थाहा कला केन्द्रको परिचय गीतको आज विमोचन गरिएको छ ।

उत्तरी थाहानगरमा वि.सं.२०७२ साल जेठ महिनाबाट औपचारिक रुपमा स्थापना भएको कला केन्द्रले आज एक कार्यक्रमको आयोजना गरि विमोचन गरिएको हो ।  गीतको शब्द तथा सङ्गीत विवेक पाख्रीन र थाहा कला केन्द्रका अध्यक्ष सानोबाबु मुक्तानको स्वारमा सजिएको हो ।

थाहा हाम्रो उर्बर भुमि थाहा हाम्रो परिचान,
यसको संरक्षण प्रबद्धन हाम्रो एउटै अभियान


कला केन्द्रको पहिचानको लागि यो सुरुवाती गीत भएकोले यसमा प्रतिक्रिया दिनको लागि केन्द्रका अध्यक्ष मोक्तानले सबैलाई आग्रह गर्नुभएको छ । मकवानपुरमा लुकेर बसेका प्रतिभालाई उजागर गर्नको लागि स्थापना भएको भन्दै कला केन्द्रले हाल सम्म र्दजनौ कलाकार उत्पादन गरिसकेको छ  ।

साथै कला केन्द्रले मकवानपुरको थाहा नगरपालिका ३ शिखरकोटमा आफ्नो कार्यालय र हलको स्थापना गरि २० देखि २५ जना प्रशिक्षार्थीहरुलाई दैनिक प्रशिक्षण गराइरहेको केन्द्रका अध्यक्ष मुक्त्तानले बताउनु भयो ।
 केन्द्रले साँस्कृतिक कार्यक्रम, जनचेतनामुलक कार्यक्रम तथा नाटक, गीत , नृत्यलाई आत्मसाथ गर्दै अगाडि बढिरहेको छ ।

0 comments

Write Down Your Responses