Powered by Blogger.
पत्रकार भावना विद्रोहीको आमरण अनशन आज सातौ दिनमा, महासंघ केन्द्रले बेवास्ता गरेको गुनासो


काठमाडौं । नेपाल पत्रकार महासंघकी केन्द्रीय पार्षद  तथा संघर्षशील पत्रकार भावना विद्रोहीले सुरु गरेको आमरण अनशन बुधबार सातौ दिन भएको छ । 

एउटा संघर्षशश्ील पत्रकारले सुरु गरेको आमरण अनशनप्रती सरोकारवाला निकाय नेपाल पत्रकार महासंघको केन्द्रले बेवास्ता गरेको चर्चा छ ।

केही दिन अघि विभिन्न माग राखी नेपाल पत्रकार महासंघ काठमाडौं शाखामा विभिन्न माग राखी तालावन्दी गरेकी भावनाले शाखाको ताला खुले लगत्तै सञ्चारग्राम स्थित पत्रकार महासंघको केन्द्रीय कार्यालयमा गएर आमरण अनशन थालेकी हुन् ।

विभिन्न रोगले थलिएकी भावना जनयुद्धकालकी यातना पिडित पत्रकार हुन् भने उनले धेरै प्रकारका औषधीहरु पनि नियमित सेवन गरिरहनु परेको छ । जसका कारण उनको स्वास्थ स्थिति नाजुक बन्दै गएको छ ।

उनले काठमाडौं शाखा साना लगानीका पत्रकार कार्यरत विशेष शाखा भएको भन्दै यसको नेतृत्व कब्जा गर्ने नियतका साथ विभिन्न प्रतिष्ठानबाट संगठीत रुपमा सदस्यता स्थानान्तरण गर्ने हर्कत बन्द गर्न माग गरेकी छिन् । 
यसैगरी उनले प्रत्यक्ष प्रणालीद्धारा पार्षद चयन गर्न, फर्जि पत्रकार भर्ना नगर्न, गुप्तचर लगायतको सदस्यता खारेज गर्न, प्रेस काउन्सिलले गर्ने गरेको भेदभावपूर्ण वर्गिकरण निश्पक्ष पार्न पनि माग गरेकी छिन् । 

उनका मागहरु यस प्रकार छन् । 


0 comments

Write Down Your Responses