Powered by Blogger.
‘ गुड फ्राइडे ’ मा गिदोन इन्टरनेशनलको चियापान

हेटौडा, १ बैशाख ÷ येशुख्रिष्टले सबै पापीलाई मुक्ति दिनको लागि क्रुसमा मर्नु भएको सम्झना तथा नव बर्ष २०७४ को उपलक्ष्यामा गिदोन इन्टरनेशनल,हेटौडा क्याम्पले आज चिया पान तथा छलफल कार्याक्रम गरेको छ ।
गिदोन इन्टरनेशनल,हेटौडा क्याम्पका अध्यक्ष जि न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरका विभिन्न पेसामा आवद्ध इसाई समुदायको सहभागिता रहेको थियो ।
अध्यक्ष न्यौपानेले गिदोन इन्टरनेशनलले खेलेको भुमिकाको बारेमा चर्चा गर्नु भएको थियो । साथै नव वर्ष २०७४ सालको शुभकामना दिदै सबलेै आफ्नो धर्म मान्न पाउने अधिकारलाई हनन् नगरि काम गर्न सुझाव दिनु भयो । उहाँले गिदोन इन्टरनेशनलले अरु धर्मलम्वीहरुको आस्थामा प्रहार नगरि काम गर्ने समेत बताउनु भयो ।
आज शुक्रबारको दिनलाई सबैको चर्चका इसाईहरुले  मण्डलीमा गई प्रार्थाना  गरि येशु ख्रिष्टको सम्झना गर्दै गुड फ्राइडे मनाउने नेपाल पेन्तिकोष्टल चर्च भोर्लेका पाष्टर डेबिड भोलनले  बताउनु भयो ।

0 comments

Write Down Your Responses