Powered by Blogger.
मकवानपुरे कवि बिर्खे अन्जानलाई स्याङजामा सम्मान

मकवानपुर, २६ चैत ÷ तिला कुमारी स्मृति साहित्यिक प्रतिष्ठानले मकवानपुरका कवि र समालोचक विर्खे अञ्जानलाई सम्मान गरेको छ । आज स्याङ्जाको वालिङ नगरपालिकामा बृहत् साहित्य सम्मेलनको आयोजना विर्खे अन्जाललाई सम्मान गरेको हो ।  नेपाली भाषा, साहित्यको क्षेत्रमा बिगत लामो समय देखि क्रियाशील प्रतिष्ठानले हरेक बर्ष बार्षिक कार्यक्रम गर्दै आएको रहेको छ । प्रतिष्ठानका अध्यक्ष देवीप्रसाद बनवासीको सभापतित्वमा  तथा प्रजातन्त्रका सेनानी सुर्यप्रसाद रेग्मीको प्रमुख आतिथ्यता रहेको थियो । अतिथिहरु तेजप्रसाद काफ्ले , चिन्तु गिरी, ज्ञानेश्वर रेग्मी रहनुभएको थियो । कार्यक्रममा स्थानीय बासिन्दाको ठुलो जमघट थियो ।
त्यसै क्रममा पाल्पाका कवि र मुक्तककार कृष्ण पहारीलाई तिला कुमारी स्मृति पुरस्कारबाट सम्मानित गरिएको थियो । प्रतिष्ठानका अध्यक्ष देवीप्रसाद बनवासीद्वारा लिखित काल पुष्पकाव्य कृर्तिको समेत बिमोचन गरिएको थियो । कार्यक्रममा उपस्थित साहित्यकार शम्भु अर्याल , लोकहरी पाण्डे क्षितिज , सुशील सुवेदी, बिर्खे अञ्जान, कृष्ण पहारी, तेज प्रसाद काफ्ले , चिन्तु गिरी लगायत अन्य स्रष्टाहरूले कविता, गीत ,गजल र मुक्तक वाचन गर्नु भएको थियो । उक्त कार्यक्रम युवा कवि र समालोचक मिलन समिरले सञ्चालन गर्नुभएको थियोे ।

0 comments

Write Down Your Responses