Powered by Blogger.
मनहरीबाट नेकपाको चुनाब खारेज अभियान सुरु

रुपा गुरुङ 
हेटौंडा, २६ चैत्र /  स्थानिय निकाय चुनाबको अन्य दलले धमाधम तयारि गरिरहदा नेपाल कम्युनिष्ट पार्टी मकवानपुरले भने चुनाब बहिष्कार अभियान आज शनिबारबाट सुरु गरेको छ । नेपाल कम्युनिस्ट पार्टिले मनहरी गाउपालिकाबाट स्थानिय चुनाब खारेज अभियान सुरु गरेको हो । 
विहिबार र शुक्रबार गरि दुईदिनसम्म बसेको पार्टी जिल्ला कमिटी बैठकले जिल्लामा चुनाब खारेज अभियान सञ्चालन गर्ने निर्णयअनुरुप मनहरीबाट चुनाब खारेजी पोष्टर टांस्न सुरु गरेको नेकपा मकानपुरका ईन्चार्ज विरबहादुर घलान ज्वालाले जानकारी दिनुभयो ।
 ईन्चार्ज ज्वालाको नेतृत्वमा गएको टोलीले मनहरी गाउपालिका कार्यालयको  होर्डिङ बोर्डमा समेत पोष्टर टांसिएको छ । स्थानिय चुनाबले जनताको हित नगर्ने तथा देशमा भ्रष्ट्राचारी र कालोबजारी मौलाउने भन्दै चुनाब खारेजीको माग गर्दै आईरहेको छ । ईन्चार्ज ज्वालाले आफुहरुको चुनाबको विरोधी नभएको तर अहिलेको चुनाबले जनताको अधिकारलाई सुनिश्चित नसक्ने बताउनुभयो 

0 comments

Write Down Your Responses