Powered by Blogger.
एमालेको हेटौँडा–६ मा मोटरसाइकल ¥याली


हेटौँडा,१६ बैशाख । नेकपा एमाले सम्बद्ध युवा संघ नेपाल हेटौँडा–६ नम्बर वडा कमिटिको आयोजनामा शनिबार मोटरसाइकल ¥याली भएको छ ।
चौघडाबाट शुरु भएको ¥यालीले न्यूरेनी, शान्तिटोल, दिव्यनगर, चुच्चेखोला, कुमलटार, कल्याणटार, पुतलीबजार, हात्तिलेट, गौरीटार, रामनगर हुँदै पुनः चौघडामा आई कोणसभामा परिणत भएको थियो । कोणसभामा एमाले ६ नम्बर वडाका अध्यक्ष उम्मेदवार गणेशबहादुर दुलाल र सदस्य रामहरी राईले मन्तव्य व्यक्त गरेका थिए । ¥यालीमा युवा संघका सदस्य, पार्टीका संगठित सदस्य लगायत नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
यसैगरी, एमाले हेटौँडा–७ वडा कमिटिले घरदैलो अभियान गरेको छ । अभियानमा एमालेका अध्यक्षका उम्मेदवार राजन थापा, सदस्य देवराज रिमाल, कृष्णप्रसाद दाहाल, सन्तुमाया पाख्रिन र सपना विश्वकर्मासहित नेता तथा कार्यकर्ताहरुको सहभागिता थियो । घरदैलो अभियान नागस्वति, किरणचोक, न्यूरेनी, चिसापानी लगायतका क्षेत्रसम्म पुगेको थियो ।

0 comments

Write Down Your Responses