Powered by Blogger.
राक्सिराङ गाउँपालिकामा माओवादी केन्द्रको उम्मेदवारहरु तय

हेटौंडा,१६ बैशाख / राक्सीराङ गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)को तर्फबाट उम्मेदवारी दिनेको टुंगो लागेको छ ।

नेकपा (माओवादी केन्द्र) राक्सीराङ गाउँपालिका इञ्चार्ज प्रदिप घलानको अध्यक्षतामा बसेको बैठकले युसाई प्रजा (हविल)लाई अध्यक्ष र पूर्णिमा दोङलाई उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो । 

यसैगरी सो गाउँपालिकाको १ नम्बर वडा अध्यक्षमा जोगमान थिङ, २ नम्बर वडा अध्यक्षमा नवीन थापा पिठाकोटी, ३ नम्बरमा ओमकार घलान, ४ नम्बरमा भीमलाल थिङ, ५ नम्बरमा चन्द्रसिं प्रजा, ६ नम्बरमा सेतुलाल प्रजा, ७ नम्बरमा सुकुबहादुर प्रजा र ८ नम्बर वडा अध्यक्षको उम्मेदवारमा टेकबहादुर मुक्तानलाई सिफारिस गरिएको नेकपा (माओवादी केन्द्र) मकवानपुरका सञ्चार विभाग प्रमुख कमानसिं पाख्रिन (पृथक)ले जानकारी दिनुभयो ।

0 comments

Write Down Your Responses