Powered by Blogger.
तरुणको बाग्मती गाउँपालिका स्तरीय भेला

हेटौंडा, २९ चैत / नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलको बाग्मती गाउँपालिकास्तरीय क्षेत्रीय भेला मंगलबार फापरवारीमा सम्पन्न भएको छ ।
नेपाल तरुण दल फापरबारीका अध्यक्ष किशोर राना मगरको सभापतित्व तथा पाटीृका मकवानपुर सभापति, नेपाल सरकारका गृहराज्य मन्त्री ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा भेला भएको थियो ।
कार्यक्रममा अतिथिहरु पार्टीका मकवानपुर १ नम्बर क्षेत्रीय सभापति दामोदर खनाल, जिल्ला सदस्यहरु कृष्णप्रसाद दाहाल, चोकबहादुर ठाडा, शेरबहादुर लामा, महासमिति सदस्य धर्मराज लामिछाने, दामोदर सण्ुवेदी, महाधिबेशन प्रतिनिधी ज्ञानबहादुर माझी, तरुण दल जिल्ला अध्यक्ष ईश्वर पाठक, सल्लाहकार निरन्जन दाहाल, जिल्ला सदस्य सन्तोष सापकोटा, महिला संघ फापरवारी अध्यक्ष अप्सरा लोप्चन, शिक्षक प्रतिनिधीद्वय शंकर पराजुली र जयनेपाल थापा, पार्टीको क्षेत्रीय प्रतिनिधी फणिन्द्र तिमल्सिनालगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
क्षेत्रीय भेलामा एमाले, राप्रपा, माओवादी केन्द्रलगायत विभिन्न पार्टी परित्याग गरि २ सय २७ जना नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको छ ।

0 comments

Write Down Your Responses