Powered by Blogger.
४० लाख लगानी गरेर गाउंमै बाख्रा पालन

सागर घोरसाईने
कोल्हबी, ९ बैशाख । युवा जनशक्ती रोजगारीको खोजीमा विदेश पलायन हुने क्रम बढिरहेको बेला बारा जिल्लाको कोल्हवी नगरपालिकाको वडा नं २ मा यूवाहरुले पुरानो काटा बाख्रा फर्म सञ्चालन गर्दै आएका छन् ।

नगरपालिकामा ४ वर्ष अगाडि करिब ४० लाख लगानिमा ३० ओटा बाख्राबाट सुरु  भएको पुरानो काटा बाख्रा फर्ममा अहिले माउ, व्याडे बोका र पाठा र पाठी गरि करिब १८० बाख्रा भएका छन् ।

उद्यमीले कृषिमा व्यवसायीकरण, परनिर्भतामा कमि र कृषि उत्पादनलाई बढुवा दिने सोच तथा उद्देश्यका साथ सुरु गरेका सञ्चालक राजु घोरासइनेले बताए ।

जति मेहनत गरे पनि सरकारी तरबाट भने उचित सहयोग नपाएको फार्मका अर्का संचालक रामशरण घोरासइनेले बताए । उनले थपे सहज रुपमा उन्नत जातका माउ बाख्रा तथा बोकाको उपलब्धता नहुनु, घाँसको लागि विउबिजनको कमि, बिना धितो फर्मको आधारमा बैंकबाट ऋण नपाउनु, पहुँचको अभावमा सरकारी अनुदान प्राप्त गर्न नसक्नु जस्ता समस्याहरुसँग जँुधिरहनु परिरहेको छ । स्थानिय स्तरको माग पुरा गर्न फार्म सक्षम रहेको, ६ जना स्थानीयहरुलाई रोजगारी प्रदान गरिरहेको बताए ।

ब्यावसायीकरण गर्न के के गर्नुभयो त ? भन्ने प्रश्नमा फर्मका अर्का सञ्चालक सुरेश गौतमले भने – सम्पुर्ण बाख्राहरुको पशु बिमा गरिएको, महंगो मुल्य खर्चेर उन्नत जातका बोयर बोकाको ब्यवस्था गरिएको तथा जै, ऋइघ, ऋइद्ध, सुडान, स्वीट नेपियर, मोलाटो, पासपालम आदिमा आत्मनिर्भर  भएको, उचित दानापानीको ब्यवस्था, ब्यवस्थित भित्री तथा बाहिरी खोर, मिनरल ब्लक समेत ब्यवस्था गरिएको छ ।

फर्मले स्थानिय स्तरमा उपलब्ध स्रोत साधन तथा अन्नपातको प्रयोग गरि स्थानिय उत्पादनलाई प्रवर्धन समेत गरिरहेको सो फार्मका अर्का सञ्चालक बुद्ध नारायण ढंगोलले बताए ।
सरकारले हरेक बर्षको बजेट बक्तब्यमा कृषि क्षेत्रलाई लक्षित गरेर विभिन्न कार्यक्रमको खाका प्रस्तुत गरे पनि ब्यवहारमा कृषक, पशुपालक तथा यस क्षेत्रमा केहि गरौं भन्ने भावनाले आप्mनो उर्वर समय कृषिकर्ममा लगानी गर्ने युवाहरुको पहुँचमा आईनपुगेको भन्दै गुनासो गरे । यसबाट कृषि ब्यापारिकरणको क्षेत्रमा लक्ष्य अनुरुप नतिजा हाँसिल गर्न नसकिरहेको सञ्चालकहरुले बताए  ।

 पछिल्लो समयमा युवा जनशक्ति आकर्षण कमाई भन्दै विदेश पलायन भईरहेको वेला यि यूवाहरुले स्वदेशमा वसेर पुरानो काम नयां तरिकाले शुरु गरेको धेरैको भनाई छ ।

यसरी ब्यक्तिगत तवरबाट आफु, स्थानिय समुदाय तथा समग्र देशकै आत्मनिर्भरताको लागि मेहनत गरिरहेका यस्ता कर्मठ युवाहरुलाई बर्षेनी करोडौं खर्चिने सरकार तथा यसका निकायहरुले उचित ध्यान दिनुपर्ने जरुरी देखिन्छ ।

0 comments

Write Down Your Responses