Powered by Blogger.
हेटौँडा–१८ मा कांग्रेसको तीन प्रचार कार्यालय शुभारम्भ

हेटौँडा,१३ बैशाख ।  नेपाली कांग्रेस हेटौँडा–१८ ले एकै दिन ३ निर्वाचन प्रचारप्रसार कार्यालय शुभारम्भ गरेको छ । कांग्रेसले भोर्ले, खड्कुले र दोभानचौरमा चुनाव प्रचारप्रसार कार्यालय शुभारम्भ गरेको हो । 
जिल्ला सदस्य रामबाबु बानियाँको प्रमुख आतिथ्यता एवं चुनावप्रचारप्रसार समितिका संयोजक रामबाबु बानियाँको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा महाधिवेशन प्रतिनिधि कमला खड्का, क्षेत्रीय सदस्य गोपाल न्यौपाने, अध्यक्षका उम्मेदवार दिलबहादुर सुवेदी, सदस्यका उम्मेदवारहरु पुरुषोत्तम अधिकारी, मंगलसिं लामा लो, ललिता देवी बानियाँ, उर्मिला गदाल विक लगायतले मन्तव्य व्यक्त गरेका थिए । 
कार्यक्रममा महिला प्रचारप्रसार समिति, तरुण प्रचारप्रसार समिति, स्थानीय नेतासहित सर्वसाधारणको सहभागिता रहेको थियो ।

0 comments

Write Down Your Responses