Powered by Blogger.
मकवानपुरमा एमालेका उमेद्वारको टुंगो

हेटौंडा, १३ बैशाख / मकवानपुरका ८ वटा गाउँपालिका र एउटा नगरपालिकामा नेकपा एमालेले प्रमुख पदहरुको उमेद्वारहरुको टुंगो लगाएको छ । एमालेको आज बसेको प्रदेश कमिटि बैठकले उमेद्वारहरुको टुंगो लगाएको हो । 
जसअनुसार थाहा नगरपालिकाको मेयरमा बिष्णु ढकाल र उपमेयरमा कल्पना बलामी उमेद्वार हुने भएका छन् । त्यसैगरी वाग्मती गाउँपालिकाको अध्यक्षमा राजकुमार तिमल्सीना र उपाध्यक्षमा धनमाया थिङ, बकैया गाउँपालिकाको अध्यक्षमा दलबहादुर वाइवा र उपाध्यक्षमा सरला बोलखे, इन्द्रसरोबर गाउँपालिकाको अध्यक्षमा जिबन लामा र उपाध्यक्षमा उमा लामालाई एमालले उमेद्वार बनाएको छ ।
 भिमफेदी गाउँपालिकाको अध्यक्षमा हिदम लामा र उपाध्यक्षमा पार्बती राना , मकवानपुरगढीको अध्यक्षमा बिदुर हुमागाई र उपाध्यक्षमा हर्कमाया रुम्बालाई उमेद्वार बनाइएको छ । यता मनहरी गाउँपालिकाको अध्यक्षमा एकराज उप्रेती र उपाध्यक्षमा मनिला बिष्ट, राक्सीराङ गाउँपालिकाको अध्यक्ष लालबहादुर थापा र उपाध्यक्षमा सुन्तली चेपाङ तथा कैलाश गाउँपालिकाको अध्यक्षमा टंक मोक्तान र उपाध्यक्षमा सुकुमाया थिङलाई उमेद्वार बनाइएको एमाले मकवानपुरका सचिब एबम् प्रचार बिभाग प्रमुख एकाललाल श्रेष्ठले जानकारी दिए ।
 यस अघि गाउँपालिका तथा नगरपालिकाहरुबाट आएको आकाँक्षी उमेद्वारहरु नामलाई जिल्ला कमिटिले प्रदेश कमिटिमा सिफारीस गरेको थियो । जिल्ला कमिटको सिफारीस अनुसार प्रदेश कमिटिले उमेद्वारहरुको निर्णय गरेको सचिब एकालाल श्रेष्ठले बताए । 

0 comments

Write Down Your Responses