Powered by Blogger.
आमाप्रति आज सम्मान व्यक्त गरिँदै

मकवानपुर, आज मातातिर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन । आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गरी आशिर्वाद लिएर मातातिर्थ औंसी मनाइँदैछ । बिहानै उठी नुहाईधुवाई गरी आफ्नी आमालाई उपहार दिई तथा मिष्ठान्न खुवाई आमाको मुख हेर्ने र आशीर्वाद थाप्ने चलन छ ।
आमा नभएकाहरू भने आमाको नाममा श्राद्ध गर्दै आमाको सम्झना गर्छन् । दिवङ्गत आमाको सम्झनामा श्राद्ध तथा दान गर्नका लागि काठमाडौंको थानकोटमा रहेको मातातीर्थमा स्नान गरी ब्राह्मणलाई सिदादान गरेर दिवङ्गत आमाप्रति श्रद्धा व्यक्त गर्ने प्रचलन छ ।
स्वस्थानी व्रतकथाअनुसार यस तिर्थमा सतीदेवीको अङ्ग पतन भइ मातुलेश्वर महादेवको उत्पत्ति भएको थियो । त्यहाँ शास्त्रीय विधिबाट गरिने कर्मकाण्डबाट मृत आमाले मोक्ष पाउने तथा सन्तानले जीवनभर सुख पाउने विश्वास गरिन्छ ।
यसै दिन लगनटोलस्थित सेतो मच्छिन्द्रनाथकी आमाको मन्दिरमा पूजा अर्चना गरेर जन्म दिने आमाको संस्मरण गर्ने गरिन्छ ।  साँखुस्थित शाली नदीमा स्वस्थानी व्रत कथाको समयबाहेक यसै दिन सन्तानले स्नान गर्ने र ब्राह्मणलाई सिदा दान गर्ने गरिन्छ ।
पशुपति आर्यघाट ब्रह्मनालपारि आमाको अनुहार मानिएको प्रस्तर कलालाई पूजा अर्चना गर्ने चलन पनि छ ।

0 comments

Write Down Your Responses