Powered by Blogger.
आफु मेयर बने सम्पुर्ण सेवा सुबिधा विकास निमार्णमा खर्च गर्छु : हरेराम कार्की

थाहानगर, १४ बैशाख / थाहा नगरका मेयरका प्रस्तावित उमेद्धार हरेराम कार्कीले आफु मेयर बने सम्पुर्ण सेवा सुबिधा त्यागि विकास निर्माणमा लाग्ने बताएका छन । राप्रपा मकवानपुरले उत्तरी मकवानपुरको थाहा नगरपालिकामा आयोजना गरेको जनता माझ राप्रपा कार्यक्रममा यस्तो बताएका हुन् । 
त्यस्तै राप्रपाका नेता तथा सांसद गणेश थापाले राप्रपाले जिते मकवापनुरको बिकासले ठुलो फड्को मार्ने बताएका छन । आफु मकवानपुरको विकासमा निरन्तर लागि रहेको र आगामी दिनमा पनि लागिरहने प्रतिबद्धता व्यक्क्त गर्दै राप्रपालाई जिताउन आग्रह गर्नुभयो ।
 वडा नं १२ लिटीमा शंकर महर्जनको सभाध्यक्षता तथा वडा नं ६ बज्रबाराहिमा फुलमान तामाङको अध्यक्षतामा कार्यक्रम भएको हो ।

0 comments

Write Down Your Responses