Powered by Blogger.
हेटौँडा–५ मा चुनावी अभियान तिब्र


हेटौँडा,१४ बैशाख । नेपाली कांग्रेस हेटौँडा ५ नम्बर इकाई समितिले चुनावी अभियानलाई तिब्रता दिएको छ । अभियान अन्तरगत विहिबार प्रचार कार्यालय उद्घाटन, प्रवेश कार्यक्रम र घरदैलो गरेको हो ।
कांग्रेसले जिएस टोलमा प्रचार कार्यालय शुभारम्भ गर्दै प्रचार समिति गठन गरेको छ । जिएस टोलमा तारा बस्नेतको संयोजकत्वमा २५ सदस्यीय टोलस्तरीय चुनाव प्रचारप्रसार समिति गठन गरेको सदस्यका उम्मेदवार एवं वडा सभापति यम श्रेष्ठले बताए । त्यसैगरी,  सानोपोखरामा भएको पार्टी प्रेवश कार्यक्रममा राम थापासहित ७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनीहरुलाई नेपाल महिला संघकी संस्थापक सदस्य शकुन्तला आचार्यले स्वागत गरेकी थिईन् । यसैगरी, अध्यक्षका उम्मेदवार राजेश बानियाँसहितको टोलीले चिसापानी क्षेत्रमा घरदैलो समेत गरेको थियो ।
कार्यक्रममा अध्यक्षका उम्मेदवार राजेश बानियाँ, सदस्यका उम्मेदवार अन्जनी पराजुली, यम श्रेष्ठ, प्रमिला खतिवडा, मनमाया विक, कांग्रेस ५ नम्बर इकाई उपसभापति टिका चौलागाई, सचिव बद्री लम्साल, कोषाध्यक्ष रेवतिरमण पहाडी, नेताहरु निरन्जन श्रेष्ठ, भवानीशंकर चौलागाई लगायतको सहभागिता रहेको थियो ।

0 comments

Write Down Your Responses