Powered by Blogger.
चित्रेपानीको स्वास्थ्य शिविरमा १ सय ३० जनाले सेवा लिए

 हेटौँडा,१६ बैशाख । हेटौँडा–६ मा रहेको चित्रेपानी सामुदायिक वन उपभोक्ता समूहले शनिबार निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । शिविरमा एक सय ३० जनाको स्वास्थ्य परिक्षण गरिएको हो ।
शिविरमा अर्थोपेडिक, मेडिसिन, जनरल सर्जरी, बालरोग र प्रसुतिको निःशुल्क परिक्षण गरिएको थियो । डा. अनिल राई, डा. विकास थापा, डा. राजिव नकर्मी, डा. प्रियंका मैनाली र डा. इन्द्रायणी पटेलले स्वास्थ्य परिक्षण गरेको शिविरका व्यवस्थापक रविरमण अधिकारीले बताए । शिविरमा निःशुल्क औषधी समेत वितरण गरेको समूहका लेखा संयोजक भानुप्रताप विडारीले बताए । चुरेहिल अस्पतालले सामाजिक उत्तरदायित्व अन्तरगत शिविरमा प्राविधिक सहयोग गरेको हो । सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका सचिवालय सदस्य कुमारसिं खड्काको प्रमुख आतिथ्यता एवं समूहका अध्यक्ष सूर्यबहादुर घलानको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

0 comments

Write Down Your Responses