Powered by Blogger.
म जनतामाथी शासन होइन सेवा गर्नका लागि आइरहेको छु

विष्णुप्रसाद ढकाल, मेयरका प्रत्यासी, थाहा नगरपालिका, मकवानपुर
थाहा नगरपालिकाको चुनावी गतिविधी कसरी अघि बढीरहेको छ ?

थाहा नगरमा चुनावी परिचालनका लागि हामीले धेरै पहिले नै एकहजार एक सदस्यीय निर्वाचन परिचालन कमिटी बनाएका छौं । हरेक वडामा समेत वडा स्तरका कम्तिमा पनि ३५ जना सम्मका निर्वाचन परिचालन कमिटी बनाएका छौं । त्यही कमिटी मार्फत सबै गतिविधीहरु अगाडी बढीरहेको छ । 

यस नगरमा २७ हजार ६ सय जम्मा मतदाता रहनुभएको छ भने ३९ हजार जति जनसंख्या छ । सबै वडाहरुमा हामी अग्रपंतिमा छौं । एकसरो चुनावी कार्यक्रम हामीले सबै वडाहरुमा गरिसकेका छौं र अब घरदैलो कार्यक्रम गर्ने तयारीमा छौं । 

तपाँइको चुनावी एजेण्डा के के छन् ?

हाम्रो चुनावी एजेण्डा नै समृद्ध थाहा नगर पालिका बनाउने भन्ने हो । यसको नाम नै ‘थाहा’ भएकाले सबै जनताले थाहा पाउने गरी समृद्ध थाहा नगर पालिका बनाउने चुनावी एजेण्डा हो । त्यस अन्तर्गत कृषि, पर्यटन र शैक्षिक विकासको गन्तव्यको रुपमा यस नगरलाई अगाडि बढाउने नै हाम्रो सोच छ । 

प्रतिश्र्धात्मक दौडमा तपाँइको जित्ने आधार के के छ ?

हाम्रो जित्ने आधार भनेकै हाम्रो पार्टीको संगठन बलियो हुनु हो । सबै वडा र टोल तहसम्म पार्टीको संगठन मजवुद छ । हिजो हामीले स्थानीय निकायमा नेतृत्व गर्दा धेरै नै उदाहरणीय काम गरेका छौं । म आफैं पनि २०५४ सालको जनप्रतिनिधी हुँ । 

त्यतीबेला हामीले स्थानीय निकायमा गरेको काम र अहिले जनप्रतिनिधी स्थानीय निकायमा नहुँदा एमालले थाहा नगरको साविकको गाविसमा सर्वदलीय संयन्त्रमा बसेर पार्टीको तर्फबाट खेलेको भूमिका, हाम्रा साथीभाइले स्थानीय विकास निर्माणका लागि गरेको काम नै हाम्रो जित्ने आधार हो । 

हामीले यही चुनावमा पनि हिजो हामीले गरेको काम र भोली हामीले थाहा नगरमा पुरा गर्ने योजना र समृद्ध थाहा नगर बनाउने कुरालाई हामीले अगाडि बढाएका छौं । यही कुराले हामीले निर्वाचन जित्छौं । यि कुराहरु हिजो न कुनै पार्टीले गरे न भोली अरु पार्टीले गर्छ । 

तपाँइको पार्टीभित्र पनि उमेद्वारीको विषयलाई लिएर केह्ी मतभेद भएको भन्ने सुनिन्छ नी ?

त्यस्ता असन्तुष्टीहरु सबै व्यवस्थापन भइसक्यो । पार्टीमा लागेपछि निर्वाचनका बेलामा ‘म हुन पाँउ’ भन्ने सबैको चाहना हुन्छ । त्यसलाई अस्वाभाविक रुपमा लिनु पनि हुँदैन । सुरुमा हामी थाहा नगर प्रमुख पदको आकाँक्षी ५ जना थियौं ।

पाँच जनाबीच जब मेरो नाम निर्णय भएर आयो तब अहिले हामी पाँचै जना एक भएर चुनावी मोर्चामा खटेका छौं । एमाले पार्टीको सकारात्मक पक्ष भनेको निर्णय भन्दा अगाडि स्वतन्त्रता र निर्णय पछि एकरुपता । आँकाक्षी हुने बेलामा सबैले आफ्नो चाहना राख्ने र एउटा निर्णय भइसकेपछि सबैले त्यसैलाई बोकेर हिँड्ने हाम्रो पार्टीको जुन संस्कार छ, त्यो यहाँ लागु भइरहेको छ ।

 यिनीहरुबीच केही चलखेल गर्न सकिन्छ की भनेर कसैले त्यस्तो नदेखे हुन्छ । वडा सदस्य तहदेखि वडा अध्यक्ष, उपमेयर र मेयरसम्मका जति आकाँक्षी थिए, ति सबै अहिले एक ढिक्का भएर पार्टीलाई जिताउनका लागि चुनावी मैदानमा होमिइसकेको अवस्था छ । 

अन्त्यमा आम थाहानगरवाशी दाजुभाइ दिदिबहीनीहरुलाई के भन्न चाहनुहुन्छ ?

नेकपा एमाले एउटा समृद्ध थाहा नगरको एजेण्डा लिएर तपाँइहरुको घर दैलोमा आइपुगेको छ, हिजो ०५४ सालमा तपाँइहरुले नै गाविसमा  जिताएको उमेद्वार अहिले नगरको प्रमुख पदका लागि भोट माग्दै आइरहेको छ,  हिजो देखि मेरो गतिविधी तपाँइहरु सबैले देखिरहनु भएकै छ, त्यसकारण भोली मैले जनतामाथी शासन होइन सेवा गर्नका लागि तपाँइहरुका बिचमा आइरहेको छु । 

मलाई विश्वास छ, तपाँइहरुले गमूल्य मत दिएर मलाई विजयी गराउनुहुनेछ । भोलीका दिनमा जनतालाई पर्ने दुःख, पिर, पिडा र मर्काका साथै विकास निर्माणका काममा पहलकदमी लिनेछु । 

त्यसका लागि सम्पूर्ण थाहानगरवाशीलाई नेकपा एमालेलाई मतदान गर्नका लागि आव्हान गर्दछु । 




0 comments

Write Down Your Responses