Powered by Blogger.
शिक्षक संघ राक्सिराङ गाउँपालिकामा रेग्मी


हेटौँडा,२३ बैशाख।  नेपाली शिक्षक संघ राक्सिराङ गाउँपालिकाको अध्यक्षमा राजु रेग्मी चयन भएका छन् ।
शनिबार भएको गाउँपालिकास्तरीय भेलाले रेग्मीको नेतृत्वमा नयाँ कार्यसमिचि चयन गरेको हो । संघको महिला उपाध्यक्षमा शर्मिला सुवेदी, उपाध्यक्षमा प्रमोदकुमार लाल कर्ण, सचिव कृष्णकुमार गुप्ता, सचिव अर्थ योगेन्द्रप्रसाद जयस्वाल, सहसचिव सूर्यबहादुर प्रजा, सहसचिव महिलामा सावित्रि साह, सहसचिव अर्थमा तुलसी वर्तौला, सहसचिव समावेशीमा रमेश प्रजा र राजमंगलप्रसाद, उपसचिव अर्थ महिलामा सरस्वति विक, सदस्यमा नारायण पौडेल, चाँदनी सिन्तान, गणेश वर्तौला, घटलाल स्यांतान, विरेन्द्र साह चयन भएका छन् ।
संयोजक सावित्रि अधिकारीको अध्यक्षता एवं नेपाल शिक्षक संघका विशिष्ट सदस्य रेवतीरमण पहाडि प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राक्सिराङ गाउँपालिका ५ नम्बर वडा अध्यक्षका उम्मेदवार दिपक प्रजा, प्रदेश प्रतिनिधि दिपेन्द्र झा, संघिय प्रतिनिधि महिला ज्ञानु पौडेल, सूर्यबहादुर प्रजा, लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


0 comments

Write Down Your Responses