Powered by Blogger.
सुशासन, विकास, आर्थिक समृद्धिसहितको सुन्दर थाहानगरः एमालेको योजना


स्थानीय तह निर्वाचन संघारमै छ । थाहा आन्दोलनका प्रणेता रुपचन्द्र बिष्टले प्रतिबपादन गरेका सिद्धान्त ‘थाहा’को नामबाट नामाकरण भएको मकवानपुरको उत्तरी क्षेत्र थाहानगर पालिकामा पनि चुनाबी माहोल निकै तातेको छ ।

नेकपा एमालेले सुशासन, विकास र आर्थिक समृद्धि हाम्रो रहर, कृषि, पर्यटन र पूर्वाधार सहितको सुन्दर थाहानगर नारा सहित चुनाबी अभियानलाई तीब्र बनाएको छ । 

यहाँ अहिले एमालेलाई सत्तारुढ कांग्रेस–माओबादी गठबन्धन तोडेर बिरासत जोगाउनु पर्ने चुनौती छ । त्यसलाई चिर्नका लागि एमाले बिभिन्न योजनाहरु अघि सारेको छ ।

एमालेले नगरभित्रका सबै सरकारी तथा गैरसरकारी कार्यालय तथा यहाँ हुने जनतासंग जोडिएका सबै कार्यक्रमहरुमा सुशासनको पाटो सबैभन्दा महत्वपूर्ण रहेको भन्दै सुशासनलाई पहिलो प्राथमिकता दिने जनाएको छ । 

नगरका हरेक गतिविधिहरु जनता समक्ष पु¥याउनका लागि सञ्चार माध्यमहरुको भूमिका महत्वपूर्ण रहने भन्दै सामुदायिक रेडियो, पत्रपत्रिकाहरुलाई अनुदानको समेत प्रवन्ध गरी नगरभित्रका सबै सरकारी तथा गैरसरकारी कार्यालयहरुको गतिविधि पारदर्शी बनाइने उल्लेख गरिएको छ । 

साथै, प्रत्येक टोलहरुमा ई— लाइब्रेरीको निर्माण गरी घरघरमा सूचनाको पहुँच पु¥याइने, ३ वर्षभित्रमा थाहानगरलाई वाइफाइ जोनको रुपमा विकास गरिने, काठमाडौंबाट थाहानगरसम्म अप्टिकल फाइवरबाट जोडिने, नगरको यातायातलाई व्यवस्थित बनाउन बसपार्क, यात्रु प्रतिक्षालय, सवारीसाधनहरुको गुणस्तरसमेत निर्धारण गरी सुरक्षित तथा आरामदायी यातायातको प्रबन्ध गरिने योजना ल्याइएको छ । 

त्यस्तै ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउँदै मूख्यमूख्य बजारहरुमा सिसि टिभी निगरानीको व्यवस्थापनलाई मूल कार्यको रुपमा लिइनेछ ।

जेष्ठ नागरिक ÷अपाङ्गता भएकाहरुको सम्मानका लागि कम्तिमा हरेक वडाहरुमा एक—एक वटा पाको सम्मान पार्क तथा विश्राम स्थलको निर्माण गरी दैनिक रुपमा भजनकिर्तन, मनोरञ्जन, भलाकुसारी तथा साप्ताहिक रुपमा स्वास्थ्य जाँच, मनोरञ्जन, सूचना आदानप्रदानको व्यवस्था गरिनेछ ।

नगरभित्रका सबै सरकारी तथा गैरसरकारी कार्यालय तथा यहाँ हुने जनतासंग जोडिएका सबै कार्यक्रमहरुमा सुशासनको पाटो सबैभन्दा महत्वपूर्ण रहेको भन्दै सुशासनलाई पहिलो प्राथमिकता दिइने एमालेको घोषणा पत्रमा उल्लेख छ । को को हुन् त एमालेका उमेद्वार ?

मेयर

नाम ः विष्णुप्रसाद ढकाल 
ठेगाना ः थाहा २, अङ्गारे
उमेर ः ४७
शिक्षा ः आईकम
उल्लेखनिय योगदान ः जकमाविको स्तरउन्नतीका
अन्तरिम योजना ः थाहा नगरलाई स्मार्ट सिटी बनाउने, सम्बृद्धि र शुसासनलाई ब्यबहारमा उतार्ने
पार्टीको हालको पद ः मेयर उम्मेदवार, जिल्ला कमिटिको सचिबालय सदस्य

उपमेयर

नाम ः कल्पना बलामी 
ठेगाना ः थाहा ६, फर्सीखेल
उमेर ः  ३५
शिक्षा ः एस एल सि
उल्लेखनीय योगदान ः सञ्जालमा, सहकारीको नेतृत्व, अनेम संघको नेतृत्व, महिला हिंसाविरुद्धको अभियानको नेतृत्व गरेको
अन्तरिम योजना ः महिला अधिकार सुनिश्चित गर्ने, 
पार्टीको हालको पद ः उपमेयरको उम्मेदवार, वडा कमिटि सदस्य, थाहा नगर संगठन कमिटिको सदस्य
पार्टीको हालसम्म सम्हालेको पद ःनेकपा एमाले थाहा नगर संगठन कमिटिको सदस्य, 
आबद्धता ः अखिल नेपाल महिला संघको थाहा नगर कमिटिको  अध्यक्ष, अन्तरपार्टी महिला सञ्जालको अध्यक्ष, सम्वृद्ध कृषि सस्थाको अध्यक्ष

वडा नं. १

नाम ः धर्मलाल प्रधान 
ठेगाना ः थाहा १, ओखरबजार
उमेर ः ४३
शिक्षा ः १२ कक्षा
उल्लेखनिय योगदान ः धेरै संघ सस्थामा आबद्ध, झम्केश्वरी मावि का विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष रहि काम गरि रहेको
अन्तरिम योजना ः
पार्टीको हालको पद ः वडा अध्यक्ष उम्मेदवार, वडा कमिटि सदस्य
पार्टीको हालसम्म सम्हालेको पद ः २०६७ सालदेखि २०७१ सालसम्म नेकपा एमाले पालुङ गाँउ अध्यक्ष तथा पार्टी कमिति विभिन्न पदको बहन गरेको,  
आबद्धता ः झम्केश्वरी मावि का विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष, थाहा नगर उद्योग वाणिज्य कार्य समितिको सदस्य, पालुङ जेसिजको पुर्व अध्यक्ष, सहयोगी बचत तथा ऋण सहकारीको सचिव, सामुदायिक सेवा केन्द्र दामन पालुङको सचिव


वडा नं. २

नाम ः गुप्तबहादुर कार्की
ठेगाना ः थाहा २, खाल्डेबजार
उमेर ः ५२
शिक्षा ः एस एल सि
उल्लेखनिय योगदान ः सामुदायिक भवन पाण्डुकेश्वर निर्माण, ईन्द्रायणी मोटर बाटो निर्माण, भद्रतिर्थ मन्दिर निर्माण आदीमा संलग्न
अन्तरिम योजना ः २०५० सालले बिगारेको फेदिगाँउको संरचना पुण निर्माण, फेदिगाँउलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने, सडक, स्वस्थ्य, यातायात, शिक्षा लगायतका विभिन्न क्षेत्रमा विकास गर्ने, 
पार्टीको हालको पद ः वडा अध्यक्ष उम्मेदवार, वडा कमिटि सदस्य


वडा नं. ३

नाम ः कुमार नेगी
ठेगाना ः थाहा ३, घर्तिखोला
उमेर ः ३७
शिक्षा ः स्नातकोत्तर समाजशास्त्र, स्नातक राजनीति शास्त्र
उल्लेखनीय योगदान ः सामाजिक परिचालन संयोजक, साामुदायिक विकास कार्यक्रम संयोजक, संरक्षण कार्यक्रम संयोजक, नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमको सहजकर्ता, एकीकृत योजना तर्जुमा समितिको सदस्य भई कार्य गरेको, विभिन्न गैरसरकारी संस्थामार्फत् नगरपालिकामा श्रोत भित्र्याउन सफल भएको, १५ वर्ष भन्दा बढी स्कूलदेखि कलेजसम्म अध्यापन गरेको, पत्रकारको रुपमा काम गरेको 
पार्टीको हालको पद ः वडा अध्यक्ष उम्मेदवार, नगर संगठनकमिटी सदस्य, जिल्ला पार्टी प्रचार विभाग सदस्य
पार्टीको हालसम्म सम्हालेको पद ः नगरकमिटी सचिबालय सदस्य
आबद्धता ः राजधानी दैनिक, विकासखबर डट कम, विकास खबरपत्रिका साप्ताहिक, गैसस महासंघ मकवानपुर, लायन्स क्लब अफ थाहा नगर, पालुङ जेसीज लगायत विभिन्न संघसंस्थाहरु

वडा नं. ४

नाम ः अच्युत के सी खत्री
ठेगाना ः थाहा ४, किटेनी
उमेर ः ५०
शिक्षा ः एस एल सि
उल्लेखनिय योगदान ः गाँउमा विभिन्न विकासका कार्यमा संलग्न, खानेपानी योजनाको विस्तार, सडक निर्माण कार्यमा संलग्न,
अन्तरिम योजना ः सडकको स्तर उन्नतीमा जोड, शिक्षा, स्वस्थ्य, यातायात, शिक्षा लगायतका विभिन्न क्षेत्रमा विकास गर्ने, युवा स्वरोजगार अवसरको श्रृजना, लक्षित वर्गको जिवन स्तरउन्नतीको लागी काम गर्ने
पार्टीको हालको पद ः वडा अध्यक्ष उम्मेदवार, वडा कमिटि सदस्य
पार्टीको हालसम्म सम्हालेको पद ः दामन गाविस ४ नं इन्चार्ज, नेकपा एमाले थाहा नगर सदस्य
आबद्धता ः विभिन्न सहकारीको व्यवस्थापक सदस्य, खानेपानी समितिको अध्यक्ष, नागरिक वडा मञ्चको अध्यक्ष

वडा नं. ५

नाम ः विष्णु बहादुर गुरुङ
ठेगाना ः थाहा ५, फुर्के
उमेर ः ५६
शिक्षा ः ९
उल्लेखनिय योगदान ः स्कुल, भवन,पुल निर्माणमा उल्लेखनिय योयदान, अन्य थुप्रै सामाजिक कार्यमा उल्लेखनिय योयदान 
अन्तरिम योजना ः
पार्टीको हालको पद ः वडा अध्यक्ष उम्मेदवार, वडा कमिटि अध्यक्ष
पार्टीको हालसम्म सम्हालेको पद ः वडा कमिटि सचिव
आबद्धता ः साना किसान सहकारी संस्थाको सक्रिय सदस्य, वसन्त प्रावि स्कुलका विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष,

वडा नं. ६

नाम ः शशीधर सुवेदी
ठेगाना ः थाहा ६, सरस्वति बजार
उमेर ः ४४
शिक्षा ः  प्रमाणपत्र तह
उल्लेखनिय योगदान ः गाँउमा विभिन्न विकासका कार्यमा संलग्न, खानेपानी योजनाको विस्तार, सडक निर्माण कार्यमा संलग्न, विद्यालयको विकासमा पहल
अन्तरिम योजना ः खानेपानी योजनाको विकास तथा खानेपानीमा सम्पन्न गर्ने, सिँचाई क्षेत्रमा विकास, कृषिमा आधुनिकिकरणमा जोड, सडकको ढलान गरी स्तरउन्नती गर्ने
पार्टीको हालको पद ः वडा अध्यक्ष उम्मेदवार, वडा कमिटि सदस्य
पार्टीको हालसम्म सम्हालेको पद ः २०४३ सालमा अनेरास्ववियु प्रारम्भिक कमिटिको अध्यक्ष स्वच्छन्द भैरव मावि, २०४७ मा जिल्ला कमिटि सदस्य,२०४९, २०५१ स्थानिय निर्वाचन कमान्डर, २०५२ देखि २०६० बज्रबाराही गाँउ कमिटि सचिव
आबद्धता ः पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको बोड मेम्बर, बज्रबाराही उच्च माविको व्यवस्थापन समितिको अध्यक्ष

वडा नं. ७

नाम ः काजीमान थिङ
ठेगाना ः थाहा ७, चौवास
उमेर ः ४३
शिक्षा ः साधारण
उल्लेखनिय योगदान ः सडक निर्माणमा योगदान, खानेपानि योजनामा सहयोग
पार्टीको हालको पद ः वडा अध्यक्ष उम्मेदवार, वडा कमिटि अध्यक्ष
पार्टीको हालसम्म सम्हालेको पद ः क्षत्रीय सदस्य भुगोल विभाग इन्र्चाज, वडा कमिटि अध्यक्ष, गाँउ कमिटि सदस्य, गाँउ कमिटि उपाध्यक्ष
आबद्धता ः विभिन्न संघको सदस्य
अन्तरिम योजना ः सडक पिच गर्ने, वडा कार्यालय हुदै धादिङ जोड्ने, समाज निर्माण गर्ने, शक्तिखोला देखि चल्ती हुदैँ बसियारी सडक जोड्न

वडा नं. ८

नाम ः डम्बरबहादुर लामा
ठेगाना ः थाहा ८, काभे्र
उमेर ः ४१
शिक्षा ः स्नातक राजनीति शास्त्र
उल्लेखनिय योगदान ः शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, विद्युत, सामाजिक विकासका कार्यहरुमा उल्लेखनिय योगदान तथा अन्य थप्रैु विकासका कार्यमा सहभागीता
अन्तरिम योजना ः
पार्टीको हालको पद ः वडा अध्यक्ष उम्मेदवार, वडा कमिटि सदस्य
पार्टीको हालसम्म सम्हालेको पद ः युवा संघ जिल्ला सदस्य, गाँउ कमिटिको वडा अध्यक्ष ३ चोटी, २०५४ सालको जननिर्वाचित वडा अध्यक्ष
आबद्धता ःबुद्ध आधारभुत विद्यालयको अध्यक्ष, हिमशिखर बचत तथा ऋण सहकारीको सहसचिव, आग्रा स्वस्थ्य चौकीको व्यस्थापन समितिको सदस्य

वडा नं. ९

नाम ः लक्ष्मण रेग्मी
ठेगाना ः थाहा ९, चित्लाङ
उमेर ः ५६
शिक्षा ः शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, विद्युत, सामाजिक विकासका कार्यहरुमा उल्लेखनिय योगदान तथा अन्य थप्रैु विकासका कार्यमा सहभागीता
उल्लेखनिय योगदान ः धेरै संघ सस्थामा आबद्ध, 
अन्तरिम योजना ः खानेपानी योजनाको विकनस तथा खानेपानीमा सम्पन्न गर्ने, सिँचाई क्षेत्रमा विकास, कृषिमा आधुनिकिकरणमा जोड, सडकको ढलान गरी स्तरउन्नती गर्ने
पार्टीको हालको पद ः वडा अध्यक्ष उम्मेदवार, वडा कमिटि सदस्य


वडा नं.१०

नाम ः हिराबहादुर गमाल
ठेगाना ः थाहा १०, कलाटु
उमेर ः ५६
शिक्षा ः साधारण
उल्लेखनिय योगदान ः गाँउमा विभिन्न विकासका कार्यमा संलग्न, खानेपानी योजनाको विस्तार, सडक निर्माण कार्यमा संलग्न, 
अन्तरिम योजना ः सडकको स्तर उन्नतीमा जोड, शिक्षा, स्वस्थ्य, यातायात, शिक्षा लगायतका विभिन्न क्षेत्रमा विकास गर्ने, युवा स्वरोजगार अवसरको श्रृजना, लक्षित वर्गको जिवन स्तरउन्नतीको लागी काम गन, कृषिमा आधुनिकिकरणमा जोड
पार्टीको हालको पद ः वडा अध्यक्ष उम्मेदवार, वडा कमिटि सदस्य
पार्टीको हालसम्म सम्हालेको पद ः गाविस उपाध्यक्ष भइ १ कार्य काल सम्हालेको, वडा कमिटि अध्यक्ष, क्षेत्रिय संगठित कमिटिको सदस्य
आबद्धता ःविभिन्न प्रकारका सामाजिक संघ सस्थामा आबद्ध

वडा नं. ११


नाम ः किरणमान बल
ठेगाना ः थाहा ११, ठाडे
उमेर ः ३६
शिक्षा ः स्नातक (राजनीति शास्त्र)
उल्लेखनिय योगदान ः गाँउमा विभिन्न विकासका कार्यमा संलग्न, खानेपानी योजनाको विस्तार, सडक निर्माण कार्यमा संलग्न, पुर्ण निमाणका कार्यमा सहभागि, शिक्षा, स्वास्थ्य क्षेत्रमा अतुलनिय योगदान, 
अन्तरिम योजना ः खानेपानीको राम्रो प्रबन्ध मिलाउने, सडकको स्तर उन्नती गर्ने, नया बाटोको निर्माण, शिक्षा क्षेत्रमा विकास, पर्यटन नगरिको रुपमा विकास, कृषिमा आधुनिकिकरण, भएका श्रोत साधनलाई परिचालन गर्ने, सम्भावित क्षेत्रमा भ्वु टावरको विकास, युवाको लागी प्रत्येक वडामा खेल मैदानको विकास, पिकनिक स्र्पोटको निर्माण, रिङरोडको विकास, विद्युतको पँहुच पु¥याउने तथा अन्य
पार्टीको हालको पद ः वडा अध्यक्ष उम्मेदवार, वडा कमिटि सदस्य
हालसम्म सम्हालेको पद ः पार्टी गाँउ कमिटि सचिव, टिष्टुङ गाविस अध्यक्ष,युवा संघ 
आबद्धता ः वाल विकास केन्द्रको सुपरभाइजर,प्लान नेपालको सुपरिवेक्षक, गाविसको सर्वदलिय युवा संघको जिल्ला उपाध्यक्ष, जिल्ला युवा संघको अध्यक्ष, युवा परिचालक, २०७० सालको क्षेत्रिय युवा कमान्डार

वडा नं. १२

नाम ः मानबहादुर स्याङ्तान
ठेगाना ः थाहा १२, तारुका
उमेर ः ६०
शिक्षा ः साधारण
उल्लेखनिय योगदान ः धेरै संघ सस्थामा आबद्ध, गाउँ सुधार्न
अन्तरिम योजना ः खानेपानी योजनाको विस्तार, बाटोघाटो सिँचाई
पार्टीको हालको पद ः वडा अध्यक्ष उम्मेदवार, वडा कमिटि अध्यक्ष
पार्टीको हालसम्म सम्हालेको पद ः वडा कमिटि अध्यक्ष, क्षेत्रिय सदस्य
आबद्धता ः विभिन्न प्रकारका सामाजिक संघ सस्थामा आबद्ध ।

प्रस्तुतीः वैकुण्ठ ढकाल



0 comments

Write Down Your Responses