Powered by Blogger.
यस्तो छ हेटौंडालाई ५ वर्ष भित्र महानगर बनाउने हाम्रो रेखांकन

मिना लामा, उपमेयरका प्रत्यासी, हेटौंडा उपमहानगरपालिका 
आदरणीय जनप्रेमी समुदाय सर्वप्रथम हार्दिक न्यानो अभिवादन ।  मेरो सानो परिचय सहित हेटौडा नगरीलाई समृद्ध बनाउने मेरो संकल्प अघि सार्ने अनुमति चाहान्छु ।

म यहीँ हेटौडा नगरीमा जन्मिने सौभाग्य पाए । यो हाम्रो ऐतिहासिक शहर पनि हो । यहीँ जन्मिएर तपाईहरूको न्यानो काखमा लुटुपुटु गर्दै, हुर्कँदै बढ्दै अहिले म यो अवस्थामा आइपुगेको यहाँहरुलाई विदितै छ  । 

आज कस्तो संयोग ! म कÞरीब  साठी प्रतिशत महिलाको प्रतिनिधि पात्र हुन पुगँे ।  नारी सगै म जनजाति, विपन्न समुदायको पनि प्रतिनिधि हो । त्यसमा आफुलाई भाग्यमानी महशुस गरेको छु । 

आज कÞरीब चालीस वसन्त पार गर्दा मैले हेटौडाको माटो राम्ररी चिन्ने मौका पाएको छु । बिद्यालय शिक्षा देखि उच्च शिक्षा (स्नातकोत्तर) हेटौडाकै बिद्यालय र मकवानपुर क्याम्पसमा आर्जन गरेको हुँ ।

साच्चै भन्नु पर्दा  उपमाहानगर पालिकाको सबै वडामा मेरो प्रत्यक्ष सम्बन्ध छ । कतै जन्मिए, कतै हुर्किएँ ,कतै पढँे र कतै सम्बन्ध स्थापित भए ।

म एमालेको सिपाही हुँ । नृत्य कलामा अब्बल भएकै कारण मैले ६–७ कक्षाबाट नै पार्टीलाई प्रत्यक्ष सहयोग गर्दै आएँ । त्यही लगावका कारण निरन्तर काम गर्दै जाँदा अहिले उपसचिब बन्ने अबशर प्राप्त भयो । मैले पार्टीले डो¥याएको पथमा हिड्नु मेरो कर्तव्य र नैतिक दायित्वभित्र पर्दछ ।

मेरो पार्टीले हेटौडा उपमहानगरलाई परिकल्पना गरेको विकासको मोडल अवश्य पनि तपाँइहरुले घोषणा पत्रमा पढिसक्नु भएको छ । ती साच्चै वस्तुपरक र व्यवहारिक छन् । 

ती बाहेक मेरो बुझाईमा रहेको निकट भविष्यको हेटौडा कस्तो छ र कसरी अघि बढ्ने हो त्यसलाई लिपिबद्ध गर्न अनुमति चाहन्छु ।

५ वर्ष भित्र महानगरको रेखांकन 

स्थानीय तह सुदृढ़ हुदै जाँदा महानगरको सपना बुन्नु असान्दर्भिक नहोला । आज उपमाहानगरको खाडल पुरा गरेर ५ वर्ष भित्र महानगरको रेखाकंन गर्नु पहिलो  दृष्टिकोण बनाएको छु । छिमेकमै रहेका विरगन्ज र भरतपुर भन्दा कम मुल्यको हेटौडा नहुने प्रतिबद्धता व्यक्त गर्दछु । 

बिरंगजको आफ्नै छुट्टै र भरतपुरको छुट्टै मौलिक पहिचान छ । हाम्रो हेटौडालाई मौलिक पहिचान सहित महानगरको रेखांकन गर्ने पहिलो योजना बनाउछु । जस्तो शैक्षिक शहर ।

सेवाग्राहीको सेवाप्रति कटिबद्ध 

कुनैपनि सेवाग्राहीलाई कुनैपनि सेवा एकघण्टा भित्र   तत्काल सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । कुनैपनि सेवाग्राही १ घण्टाभन्दा बढी समय कार्यलयमा  बस्नु परेमा क्षतिपूर्ति उपलब्ध गराउनु पर्नेछ । आज सेवाग्राहीले अनेकौ गुनासा व्यक्त गरेको पाईन्छ । 

पहुँचका आधारमा मात्र काम हुने प्रथाको अन्त्य गर्दछु । हाम्रा सेवाग्राही अति विपन्न र सोझा जनता पनि हुन् । उक्त कार्य पुरा गर्न स्थानीय तहमा भएको श्रमशक्तिको उच्चतम प्रयोग गरिनेछ । सेवाकालागि नमुना शहर भनेर परिचित गराउने छु ।
  
असन्तुलित विकासलाई सम्बोधन 

म समाजशास्त्रको बिद्यार्थी हु । हाम्रो नगरमा बिकास असन्तुलित छ । कुनै क्षेत्र असाध्यै विकसित छ भने कुनै क्षेत्र आजपनि न्युनतम पूर्वांधार पुर्याउन सकिएको छैन  र पुगेको छैन । ती क्षेत्रको समुचित विकासलाई हाम्रो पार्टि र पार्टिको प्रतिनीधिको हिसाबले सम्बोधन गर्नु मेरो रोजाईमा पर्दछ । शहर केन्द्रित विकास भन्दा पिछडिएको क्षेत्रलाई प्राथमिकता दिनेछु । सबै क्षेत्रका जनतालाई समान महत्व दिनेछु । विपन्न क्षेत्र मेरो पहिलो रोजाईमा पर्दछ ।

पर्यटकीय, शैक्षिक र औद्योगिक हब 

औद्योगिक नगरीले परिचित हेटौडालाई शैक्षिक र पर्यटकीय नगरीमा परिणत गर्नु मेरो दायित्व भित्र पर्दछ । प्रदेश नम्बर दुईको शैक्षिक गन्तव्य नै हाम्रो नगरी हुनेछ । यसकालागि डिम विश्वविद्यालयको अवधारणा अघि सारिएको छ । कृषि वन विश्वविध्यालयको समुचित प्रयोग गरिनेछ । 

परीक्षा प्रणालीदेखि शैक्षिक गुणस्तर अभिवृद्धि गर्न स्थानिय तहको सरकारले प्रत्यक्ष अनुगमन गर्नेछ । स्थानीय तहको जल जमिन र जडिबुटीमा आधारित पाठ्यक्रम निर्माणमा जोड़ दिईनेछ । न्युनतम १० प्वाईन्ट पर्यटकिय नगरीको अबधारणा अघि बढाउनेछु ।

ऐतिहासिक र प्राकृतिक रूपमा सजिसजाउ भएको स्थानलाई महत्व दिनेछु । यीनै हाम्रो नगरीको अर्थोपार्जनको मुख्य श्रोत हुनेछ । वन विन्डो औद्योगिक नीति अन्तर्गत घरेलू तथा साना उद्योगको विकास गरिनेछ ।

व्यवस्थित र पूर्वाधार विकासमा जोड़

अव्यवस्थित हुदै गएको हाम्रो हेटौडा  नगरीलाई व्यवस्थित गरिनेछ । सकेसम्म एक क्षेत्र एक सेवा अघि सार्ने रणनीतिलाई अघि बढाउदा हाम्रो नगर व्यवस्थित हुने हाम्रो पार्टीको बुझाई हो । हामीले परिकल्पना गरेको नगरीका लागि आवश्यक आर्थिक र सामाजिक पूर्वाधारको विकास गरिनेछ । हेटौडा नगरीमा बाहिरी र भित्री चक्रपथ निर्माणको कार्य पुरा गर्न प्रतिबद्ध हुनेछौ ।साथै हाम्रो शहरलाई स्मार्ट सिटीमा परिणत गर्न आबश्यक पर्ने सम्पूर्ण पूर्वाधार तयार गरिनेछ ।

जनसहभागितामा आधारित बिकास
आफ्नो गाऊँ आफै बनाउ जस्ता  नारा आजपनि उत्तिकै लोकप्रिय छन् । बिकासको अपनत्व बोध गराउन न्युनतम जनताको लागत मिलाईनेछ । आज साठी–चालीसको अबधारणामा थोरै परिवर्तन गरिनेछ ।

अन्त्यमा न्यायप्रेमी आमा, बुबा , दाजु ,भाई ,दिदि बहिनीमा सूर्य ध्वजाबाहक सम्पूर्ण उमेद्वारलाई सूर्य चिन्हमा मत दिएर बिजय गराउन हार्दिक अनुरोध गर्दछु । हाम्रो पार्टिले परिकल्पना गरेको स्थानीय तहको समृद्धिमा तपाईहरूको अथाह माया रहनेछ भन्ने विश्वास गर्दछु । धन्यवाद । 



0 comments

Write Down Your Responses