Powered by Blogger.
भैरबडाडावासी भन्छन्–पिउने पानीको व्यवस्थापन गरिदिनेलाई भोट दिन्छौँ

मकवानपुर, स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा गाउँमा प्रत्येक राजनीतिक दलका नेता तथा कार्यकर्ता जनमत बटुल्न घरदेखि पँधेरीसम्म पुग्न थालेका छन् ।
यति वेला नेता तथा कार्यकर्ता आफ्नो पाटिलाई जिताउन भन्दै घरदेखि बारीसम्म पुग्न थालेका हुन् ।  हेटौडा उपमहानगरपालिका १ भैरव डाडाका लक्ष्मी सिकारी मगरलाई कसरी विहानको पानी जोहो गर्ने, कसरी वेलुकालाई टार्ने भन्ने चिन्ता छ ।  उनले भनिन् स्थानीय निर्वाचन–२०७४ को भोट माग्नेहरू पसस देखि चिया चौतारी, घर देखि पँधेरी सम्म पुगेर मत माग्न आउछन ।
‘दुःख पर्दा कसैले पनि फर्केर नहेर्ने तर, चुनावमा भने नाता लगाउँदै आमा भन्दै बोलाउन आइपुग्छन,’ उनले भनिन् । उपमहानगरपालिका भनेर के गर्नु विकासले पछि पारेको छ, नाम मात्रैको उपमहागरपालिका हो भन्दै उनले दुखसो पोखिन् ।
जो नेता आए पनि के भोर हामी दिनदुखिलाई ,विगतमा पनि धेरै आश्वासन  दिएर गएका थिए केहि गरेनन् । अहिले पनि के चाँहि गर्ने होर उखानको टुक्का भन्दै भिनिन् जुन जोगि आएनी कानै चिरेको  । अब जस्ले खानेपानीको व्यवस्थापन गरिदिन्छ उहि पाटिका उ्रम्मेदवारलाई भोट दिने उनको भनाई रहेको थियो ।
त्यस्तै अर्का सर्मिला पुडासैनी भन्छिन् भुकम्प गएको देखि पिउने पानीको समस्या भएको छ । पटक पटक नगर पालिकामा भन्दा पहिला काम गर्नुस् अनि पैसा निकास गर्दिम्ला भन्ने गरेको बताइन् । काम गर्नको लागि पैसा भएको भए किन गुर्हानु पर्ने थियो र मलिन् स्वारमा भनिन् ।  जसो तसो पल्लो गाउँबाट १२÷१३ घर मिलेर पिउने पानी ल्याएको भएता पनि पानी सफा नभएकाले कारणले गर्दा रोगको शिकार बन्न पुगेको बताइन् । यस तर्फ जस्ले चासो दिन्छ उहि पाटिलाई भोट दिने बताइन् ।
यस्तै अर्का हरि बहादुर सिकारी मगर आफुलाई अपठ्यारो बेलामा कसैले पनि आफ्नो पक्षमा नबोलेकोे दुःखेसो छ । भुकम्पको वेला घर भत्किदा कोहि हेर्न आएन ,कहिले सहयोग गर्छु भनेर यी नेताहरु आएनन् अरु विभिन्न संघ संस्थाले सहयोग गरे राजनितिक पाटिका नेताहरु कहिले देखा परेनन्, दुख पर्दा वास्ता नगर्ने यी नेताहरु अहिले भने ‘मलाई भोट दिनु है’ भन्दै घरदेखि खेत बारीसम्म पुग्ने गरेको जानकारी दिए ।
बल्ल बल्ल बाटो बन्यो तर बाटोको अवस्था हेर्दा कति खेर कहाँ गएर दुर्घटना हुने हो अत्तोपत्तो छैन । यस तर्फ विगतमा कसैले चासो देखाएनन् अहिले भने म बाटो बनाइदिन्छु, खानेपानीको सेवा सुविधा विस्तार गरिदिन्छु भन्दै दिनहुँ काका, भाउजू, दिदी आदि नाता लगाएर पटक पटक मलाई जिताउन भोट दिनू है भनेर दिनदिनै आउने गरेको बताउदै जस्ले पिउने पानीको व्यवस्थापनमा पहिलो प्राथामिकता दिन्छ भोट उहि पाटिलाई दिने निर्णय गरेको बताए ।

0 comments

Write Down Your Responses