Powered by Blogger.
प्रेस सेन्टर थाहा नगरको संयोजकमा कार्की

थाहा नगर,  प्रेस सेन्टर थाहा नगरको संयोजकमा इच्छापूर्ण कार्की चयन भएका छन् । आज भएको एक भेलाले कार्कीको संयोजकत्वमा प्रेस सेन्टर थाहा नगर कमिटी गठन गरिएको छ । शम्भु अधिकारी, मुकेश गोले, रामकुमार कार्की, सिम्रन खड्का सदस्य रहने गरि प्रेस सेन्टर थाहा नगर कमिटी गठन भएको छ । कार्यक्रममा माओवादी केन्द्र थाहा नगर कमिटिका अध्यक्ष अरुण रायमाझी, सचिव विनोद लामा, प्रेस सेन्टर मकवानपुर अध्यक्ष नानिमैया बिस्ट, सचिव राजकुमार केसी, उपाध्यक्ष कृष्ण सारु मगर, उपाध्यक्ष अन्जली थापा लगायतको अतिथ्यता रहेको थियो ।

0 comments

Write Down Your Responses