Powered by Blogger.
म नेता भन्दा पनि जनताको सेवाक बन्न चाहान्छु : निम टोलमा

हेटौडा,२७  बैशाख / जनजागरण पार्टी नेपालका तर्फबाट हेटौंडा उपमहानगरपालिकाको उप–मेयरका उम्मेदवार निम टोलमाले आफु नेता भन्दा पनि जनताको सेवाक बन्न चाहेको बताइन् । उनले विभिन्न देशमा भ्रमण गरि विकास गर्ने तर तरिका बुझि सकेको बताउदै आफुलाई जनताले विश्वास गरेर सहयोग गरेमा हेटौडाको विकास गर्न लागि पर्ने बताइन् ।
जनजागरण पार्टी नेपाल,मकवानपुरले आज हेटौंडामा गरेको पत्रकार सम्मेलनमा बोल्दै टोलमाले हरेक क्षेत्रमा काम गरेको अनुभव आफुमा रहेको बताउदै हेटौंडा नगरलाई स्मार्ट सिटी बनाउने, हेटौंडालाई पूर्ण रुपमा लोडसेडिङ मुक्त गर्न पहल गर्ने,नगरमा भएको भ्रष्टचारीको उन्मुलन गर्ने बताइन् । त्यस्तै अव्यवस्थित रहेको ढलको व्यवस्थापन गर्ने, २५ मिटर राजमार्ग प्रकरण कानुन सम्मत समस्याको निदान गर्ने, बसर्पाकको व्यवस्थापन गर्ने, शिक्षामा हुने राजनितिकरणलाई यिन्त्रण गर्ने, नगरका वडा वडामा स्वास्थ्य चौकीको निमार्ण गर्ने, हेटौडा नगरलाई पर्यटकीय नगरको रुपमा विकास गर्ने, नगरभरि सोलार बत्ती जडान गर्ने लगायतका आफ्ना एजेण्डाहरु राख्दै सबैलाई सहयोग गर्न आग्रह समेत गरिन् ।
पत्रकार सम्मेलनमा बोल्दै पार्टीका केन्द्रीय कोषाध्यक्ष विरबहादुर तामाङले मुलुकमा विद्यमान दिशााहिन र विग्रदो अवस्थातिर ओरालो लागिरहेको राजनितिमा आमुल परिवर्तन ल्याउनको लागि जनजागरण पार्टी स्थापन भएको बताए । उनले भने “आफुहरुको पार्टी जित्नको लागि भन्दा पनि सेवाको भावले स्थापना भएको हो । पार्टीले १० वर्ष्भित्रमा जातिय युद्ध र धार्मिक युद्धको अन्त्य गर्दै सुन्दर समृद्ध र शान्त नेपाल बनाउने लक्ष्य राखेको बताउदै कर्मचारीतन्त्रको अन्त्य गर्न पनि पार्टी लागि पर्ने समेत बताए । ”
कार्यक्रममा पार्टीका केन्द्रीय महासचिव बि.पी. खनालले अब मलुकुको निम्ति सोच्ने वेला आएको बताए । नेपाली राजनितिमा परम्परा बनिसकेको चरित्रहिन संस्कारलाई तोडेर निति–विधि र पद्धतिको राज्य ल्याउन आवश्यक रहेको बताए । यस पाटिले अहिंसा,प्रेम,सत्यता र निःस्वार्थ सेवालाई नै सदा आफ्नो राजनितिक आर्दश मानेर काम गर्ने बताउदै देशमा सेवा गर्ने मानिसको जमात खडा गर्न यस पाटि लागि परिहरहेको समेत बताए ।
सम्मेलनमा केन्द्रीय कोषाध्यक्ष तामाङ, जनजागरण पार्टी नेपालका सदस्यहरु क्रिषीराम आर्चाय, रीना आचार्य लगायतको आथित्यता रहेको थियो ।

0 comments

Write Down Your Responses