Powered by Blogger.
म्यादि प्रहरीद्धारा मामाघर नेपाललाई लत्ताकपडा सहयोग

हेटौडा, १३ जेठ / विगत लामो समय देखि सडक बालबालिकाको क्षेत्रमा कृयाशिल मामाघर नेपाल मकवानपुरमा संरक्षित भान्जाहरुलाई मकवानपुरका सम्पूर्ण म्यादि प्रहरीहरुले लत्ताकपडा सहयोग गरेका छन । 

हेटौँडा—४ कान्तिराजपथ स्थित सडक बालकहरुको आपतकालिन राहत उद्धार, आवासीय सुविधा सहितको संरक्षण र पारिवारीक पुनस्थापना गर्दै आईरहेको मामाघर नेपाललाई मकवानपुरका सम्पूर्ण म्यादि प्रहरीले करिव १२ हजार संकलन गरि सो रकम बराबरको गर्मिमा लगाउने लत्ताकपडा सहयोग गरेको टोलि कमाण्डर केशव तिमल्सिनाले बताए ।

सो कार्यक्रममा मामाघर नेपालका सञ्चालक अर्पण पराजुली, नेपाल पत्रकार महांसघ मकवानपुरका कार्यसमिति सदस्य रुपक कालिराज, रेडियो आवाज, पालुङका समाचार संयोजक जनक लामा, संस्थाका कोषध्यक्ष देवराज लामिछाने लगायतको आथित्यता रहेको थियो ।  

0 comments

Write Down Your Responses