Powered by Blogger.
एक साताभित्र सबै मतपरिणाम आउने निर्वाचन आयोगको दाबी

हेटौडा /  निर्वाचन आयोगले एकसाताभित्रै सबै परिणाम आइसक्ने जनाएको छ । आइतबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणनामा ढिलाई भइरहेको चौतर्फी गुनासो भइरहेको बेला आयोगले मतपरिणाम आउन एक साता लाग्ने बताएको हो ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले मतपत्र ठुलो भएको र हरेक मतपत्र बाट ७ जना प्रतिनिधिको मत गन्नुपर्ने भएकाले केही ढिलाई भएको बताउनुभयो ।

ठाउँ र आवश्यकता हेरी टोली थप्ने अधिकार सम्बन्धित निर्वाचन अधिकृतलाई हुने भएकाले त्यस्तो प्रबन्ध गरी गणना कार्य छिटो गर्न प्रवक्ता शर्माले निर्देशन दिनुभयो ।


0 comments

Write Down Your Responses