Powered by Blogger.
उद्योग वाणिज्य महासंघ को केन्द्रीय कार्यकारीणी सदस्यमा सुमार्गी मनोनयन


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरिएको छ  । 
विगत लामो समयदेखि महासंघमा आवद्ध भएका सुमार्गी यसअघि मध्यमाञ्चल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहनुभएको थियो ।

महासंघमा रहेर संस्थागत हितका लागि अतुलनिय योगदानका कदर स्वरुप उनलाई शुक्रबार महासंघमा एक समारोहका बीच उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले मनोनयन सदस्यको कार्यपत्र हस्तान्तरण गर्नुभएको हो  ।

कार्यक्रममा एसोसिएट तर्फका उपाध्यक्ष चन्द्र ढकाल, वस्तुगतका उपाध्यक्ष उमेशलाल श्रेष्ठ, कोषाध्यक्ष ज्ञानेन्द्रलाल श्रेष्ठ, केन्दीय सदस्य अन्जन श्रेष्ठसहितका अन्य पदाधिकारीसमेतको उपस्थिती रहेको थियो ।

सुमार्गीले यसअघि प्रदेशको अध्यक्षको दावी राखेतापनि कार्यसमिति सदस्यमा आउने सल्लाह बमोजिम पूर्व उपाध्यक्ष दिनेश श्रेष्ठलाई तीन नम्बर प्रदेशको अध्यक्ष दिइएको थियो ।

 सोही अनुरुप महासंघको विधानको दफा ३४ को उपदफा ३४.६ का अनुसार हालको कार्यकारीणि समितिको पदावधि सम्मको लागि कार्यकारी समितिले मनोनयन गरेको हो ।

मुक्तीश्री ग्रुप अफ कम्पनीज देशकै प्रतिष्ठीत व्यवसासयक घराना मध्ये एक हो । यसै घरानाका संस्थापक समेत रहेका सुमार्गीले राज्यले आर्थिक मुद्दालाई गम्भिर रुपमा नलिएका कारण मुलुकको अर्थतन्त्र सवल बन्न नसकेको धारणा राख्नुहुन्छ । 

२०२८ सालदेखि बुबा माधवराज पराजुलीले हेटौंडा क्षेत्रमा चुन उद्योग स्थापना गरेर विविध समस्या र अवरोधका वावजुद औद्योगिक क्षेत्रमा सुमार्गी परिवार अघि बढेको थियो ।  चुन उद्योगमा लगानी विस्तार र रोजगारी सिर्जना गर्दै अहिले प्रतिष्ठीत व्यवसायीको हैसीयतमा सुमार्गी परिवार पुगेको हो । 

उक्त समुह नेपाललमा मुक्तिश्री प्रालिका नाममा विभिन्न उत्पादन तथा सेवामुलक क्षेत्रमा क्रियाशील छ । 

माधवराज सुमार्गीको औद्योगिक सोच र उद्देश्य पुरा नहुँदै २०३५ सालमा निधन भएपछि उहाँका दुई छोरा अजेय र अरुणले निक्कै मेहनत तथा संघर्ष गरेर अहिलेको अवस्थामा ल्याइपु¥याएका हुन् । 

२०४६ सालमा बनाइएका कलात्मक झ्याल तथा काष्ठ उद्योग पनि सो समुहले विदेशमा निर्यातको काम गरेको थियो । नेपालको इतिहासमा पहिलो खानीजन्य उद्योगका रुपमा चुन उद्योग चिनीन्छ । 

पछिल्लो समय सुमार्गी ग्रुपले शिक्षा, दुरसञ्चार, हाइड्रो, सिमेन्ट, खानी, कृषि, बैंकिङ, होटल, सञ्चार लगायतका क्षेत्रमा हात हालेको छ । 

0 comments

Write Down Your Responses