Powered by Blogger.
पत्रकार महासंघ काठमाडौंद्धारा सूचनाको हकसम्वन्धी अन्तरक्रिया


काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले सूचनाको हकसम्वन्धी वृहत अन्तरक्रिया गरेको छ । 

आइतबार आयोजित सो अन्तरक्रियामा नेपाल पत्रकार महासंघका अध्यक्ष डा महेन्द्र विष्ट, राष्ट्रिय सुचना आयोगका आयुक्त यशोदा तिम्सीना, पत्रकार महासंघका केन्द्रीय सदस्य तथा उपत्यका संयोजक इश्वरी वाग्ले लगायतले आ आफ्नो धारणा राख्नुभएको थियो । 

अग्रज एवं वरिष्ठ पत्रकार तथा विभिन्न सम्पादकहरु समेत उपस्थित सो कार्यक्रममा सुचनाको हक संरक्षण, संवद्र्धन र प्रचलन विषयमा आफ्नो धारणा राख्दै पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले सुचनाको हक नागरिक हकको रुपमा संवैधानिक रुपले स्थापित भएकोले सबैजना त्यसबाट सुुुसुचित हुनुपर्ने बताउनुभयो । 

त्यस्तै आयुक्त तिम्सीनाले सुशासनका लागि सुचनाको हक अत्यावश्यक भएको भन्दै सबै नागरिक सचेत हुनुपर्ने आवश्यकता औंल्याउनुभयो । पत्रकार महासंघका उपत्यका संयोजक वाग्लेले पत्रकारहरुले पनि सुचनाको हकको उपयोग गरेर जनतालाई सुसुचित पार्न मद्दत पुगेको भनाई राख्नुभयो । 

कार्यक्रममा वरिष्ठ पत्रकार तथा काठमाडौं जिल्ला शाखा निर्वाचन समितिका संयोजक गोबिन्द पोखरेल, महासंघका केन्द्रीय सचिव ध्रुव लम्साल, केन्द्रीय सदस्य रामहरि सिलवाल, पत्रकार महासंघ काठमाडौंका सल्लाहकार तथा प्रेस काउन्सिलका सदस्य गोबिन्द चौलागाँइ, प्रेस चौतारीका उपाध्यक्ष विश्वमणि सुबेदी, सञ्चारिका समुहकी उपाध्यक्ष नितु पंडित, प्रेस युनीयनका काठमाडौं अध्यक्ष नकुल अर्याल लगायतको सहभागिता थियो ।

शाखाका अध्यक्ष शन्तराम बिडारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सुर्य सुबेदीले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव मोहनप्रसाद पन्तले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।


0 comments

Write Down Your Responses