फाउण्डेशनद्धारा सञ्चारकर्मीहरु सम्मानित
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEh5xG-gOkBwSwHiKujbAiNyT4JhxmX1W9B5KkyXdz5c5Ggt6ZLJyQ64b6F906HwG_v9sXO0xC7kU5Vh1iYS0YlNP0wHVU9nDRvRLXLvHCK8pTGcgeUrZIfKsDJ05n1jmR0FCUApWzgD4uA/s640/samman3.jpg)
काठमाडौं । रामजी नेपाली फाउण्डेशनले राजधानीमा एक कार्यक्रमको आयोजनागरि कलाकार, सञ्चारकर्मी तथा सामाजिक व्यक्तित्वहरुलाई सम्मान गरेको छ । विश्व रक्तदाता दिवसको सप्ताहन्त, विश्व सङ्गीत दिवस र विश्व योगदिवसको अवसर पारेर सम्मान गरेको हो ।
वरिष्ठ कलाकार तथा चलचित्र विकास बोर्डका सदस्य उत्तम केसीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कलाकार सुशिल पोखरेल, नायिका सारिका घिमिरे, अञ्जान शर्मा, सञ्चारकर्मी सानुकाजी श्रेष्ठ, गीता अधिकारी, कुवेर गिरीलाई सम्मान गरिएको थियो ।
त्यस्तै समाजसेवी बाग्लुङ समाज बेल्जियमका अध्यक्ष गंगाप्रसाद शर्मा, समाजसेवी मनसुवा परियार, दृष्टिविहिन प्रविधीविज्ञ सुशिल अधिकारी, दृष्टिविहिन सञ्चारकर्मी बासुदेव अधिकारीलगायतलाई सम्मान गरिएको छ ।
फाउण्डेशनका अध्यक्ष रामजी नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा योगी लिलानन्द, कलाकार मुकुन्द आचार्य, सञ्चारकर्मी कृष्ण भुसाल, वरिष्ठ लोक गायिका कृष्णा परियार, कलाकार अनु बर्देबालगायतका अतिथिहरु रहेका थिए । सो अवसरमा दुई दर्जनले सामुहिक रक्तदान पनि गरेका छन् ।
सञ्चारकर्मी तथा मोडल अनिल सुनामले समन्वय गरेको कार्यक्रममा अतिथिहरुले रामजी नेपाली फाउण्डेशनले गरिरहेका सामाजिक कार्यहरुको प्रशंसा गरेका थिए । ‘हामीले पछिल्लो समय फाउण्डेशन मार्फत विविध सामाजिक कार्यहरुमा हात हालेका छौ, आउँदा दिनहरुमा यसलाई अझ ब्यापाक बनाउने सोचमा रहेका छौ’, रामजीले भने ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEj9swzSEXS_YreCEqgdb8q0zejiHncOOgDc_M95Ag1iHs6qu7-NU3jdf8AJFV0c57ZOnLMmxCxKVLybzkNaqekN7fSXGVJmTFvUJ8WtifpCiejHU02ooAAbOo8XzbG7CE-KNRwIKOJXI0o/s640/samman1.jpg)
0 comments
Write Down Your Responses