Powered by Blogger.
वर्णविन्यासघातीहरू कानूनको कठघरामा


काठमाडौं । नेपाल कानून व्यवसायी भाषा साहित्य प्रतिष्ठानद्वारा आयोजित भाषाविद चूडामणि गौतमले सम्पादन गर्नु भएको निर्विवाद रहेको नेपाली भाषालाई अनावश्यक रूपमा कृत्रिम विवाद बनाइएकोमा यस सम्बन्धी वास्तविकतायुक्त तथ्य प्रस्तुत गरिएको–“वर्णविन्यास घातीहरू कानूनको कठघरामा” नामक महत्वपूर्ण कृति एक समारोहका बीच प्रमुख अतिथि वरिष्ठ अधिवक्ता सर्वज्ञरत्न तुलाधरले विमोचन गर्नुभयो ।

कानून व्यवसायीहरूको केन्द्रीय थलो नेपाल बार एशोसिएशनको सभाकक्षमा विद्वान कानून व्यवसायीहरूको घनीभूत उपस्थिति रहेको उक्त समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि तुलाधरले भन्नु भयो–‘अब भाषा बचाउने जोगाउने र मजबुद बनाउने दर्विलो दायित्व र जिम्मेवारी मेचीदेखि महाकालीसम्म फैलिएका सम्पूर्ण कानूनव्यवसायीहरूको काँधमा आएको छ ।’ 

कृतिका सम्पादक चूडामणि गौतम एवं प्रतिष्ठानका अध्यक्ष रामेश्वर राउत मातृदास दुवै कानूनका विज्ञ व्यक्तित्व रहनु भएकाले आम कानून व्यवासायीहरूमा भाषाप्रति गम्भिर र सम्वेदनशील भएर अगाडि बढ्न सुझाव दिनुभयो ।

सोही समारोहमा वरिष्ठ अधिवक्ता गुरूदेव कृष्णप्रसाद भण्डारीलाई ‘निर्झर दिलचेत कीर्तिगौरव सम्मान’ तथा वरिष्ठ साहित्यकार वियोगी बुढाथोकीलाई ‘निर्झर दिलचेत काव्य सम्मान’द्वारा सम्मानित गरिएको थियो । 

वरिष्ठ अधिवक्त प्रेमबहादुर खड्का, वरिष्ठ अधिवक्ता एवं पूर्व न्यायाधिश कमलनारायण दास, वरिष्ठ अधिवक्ता हरि उप्रेतीले भाषामा सुन्ने, बोल्ने, लेख्ने, पढ्ने यी चारै रूपलाई निरन्तर चलायमान बनाइरहने हामी आम कानून व्यवसायीहरू भाषामाथि अन्याय भए मौन र मुकदर्शक भएर नबस्ने दृढतापूर्ण प्रतिवद्धता जनाउनु भएको थियो । 
अधिवक्ता सल्लु तिवारीको स्वागत मन्तव्यबाट शुरू भएको उक्त विमोचन समारोहको सभाध्यक्षता कवि एवं अधिवक्ता रामेश्वर राउत मातृदासले गर्नुभएको थियो । 

कार्यक्रमको संचालन विद्वान इतिहासविद् पेशलकुमार निरौलाले संचालन गर्नुभएको थियो । 




0 comments

Write Down Your Responses