Powered by Blogger.
एसईईको नतिजा सार्वजनिक,यसरी हेर्न सकिन्छ नतिजा

मकवानपुर,२ असार /माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षाको नतिजा शुक्रबार सार्वजानिक भएको छ ।  यस वर्षको एसईई परीक्षामा ४ लाख ६२ हजार १३६ जना परीक्षार्थी संलग्न थिए भने नियमिततर्फ ४ लाख ४५ हजार ५६४ जना उत्तीर्ण भएका छन् भने एक्जाम्टेड तर्फ १६ हजार ५७२ जना उत्तीर्ण भएका छन् ।
परीक्षामा संलग्न सबै उत्तीर्ण भएका छन् । ग्रेडिङ प्रणालीमा नतिजा प्रकाशित भएकाले कोही पनि फेल नहुने परीक्षा बोर्डले जनाएको छ ।
सार्वजनिक भएको नतिजा अनुसार जीपीए ३.६५ देखि ४ सम्म १२ हजार २ सय ८४ जना उत्तीर्ण भएका छन् ।
त्यसैगरी जीपीए ३.२५ देखि ३.६० सम्म ४२ हजार ४ सय २७ विद्यार्थी उत्तीर्ण भएका छन् ।
त्यस्तै जीपीए २.८५ देखि ३.२० सम्म ५० हजार ५ सय ४६ जना उत्तीर्ण भएका छन् भने जीपीए २.४५ देखि २.८० सम्म ६१ हजार ९ सय ५५ जना उत्तीर्ण भएका छन् ।
ग्रेड सी र त्यो भन्दा कम अंक ल्याउने विद्यार्थीले यसैवर्ष सबै विषयको परीक्षा दिन पाउने छन् ।
नतिजा कसरी हेर्ने ?
नेपाल टेलिकमको IVR सेवाको सटकोड १६०० मा फोन गर्ने, अथवा आफ्नो  सिम्बोल नम्बर थिचेर एनसेल प्रा. ली. तथा नेपाल टेलिकमको सटकोड १६०० मा sms  पठाउने   आफ्नो सिम्बोल नम्बर थिचेर आकाश टेक प्रा. ली. को सटकोड ३१००३, फोकशवान नेपाल प्रा. ली. को सटकोड ३५५६६, वान अफ कम्युनिकेशन को सटकोड ३३६२४, जानकी टेक्नोलोजी प्रा. ली. को सटकोड ३५००१, इजि सर्भिस प्रा. ली. को सटकोड ३४९४९ मा sms  पठाउने  यस्तै उज्यालोको sms सेवा see टाइप गरेर  सिम्बाेल नम्बर टाइप गरी ३५५६६ मा sms गर्न सकिन्छ
शिक्षा मन्त्रालय सिंहदरवार काठमाडौं www.moe.gov.np, शिक्षा विभाग सानोठिमी भक्तपुर www.doe.gov.np, परिक्षा नियन्त्रण कार्यलय सानोठिमी भक्तपुर www.soce.np, राष्ट्रिय परिक्षा वोर्ड सानोठिमी भक्तपुर www.neb.gov.np, आकाश टेक प्रा. ली. www.inheadline.com, नेपाल टेलीकम www.see.ntc.np, पि. एण्ड पि मल्टी मिडिया प्रा.ली. www.edukhabar.com, एनसेल प्रा. ली. www.ncell.axiata.com, वान अप कम्युनिकेशन प्रा. ली. www.meroshikshya.com, कान्तिपुर डिजिटल प्रा.ली. www.ekantipur.com, क्याथ कोडेक्स प्रा. ली. www.educationsansar.com, डिस्कभरी न्युज नेटवर्क प्रा. ली. www.ratopati.com,  याक पव्लीकेशन www.khullapati.com,  लोकान्तर साप्ताहिक प्रा. ली. www.lokantar.com मा search गरेर website मा पनि हेर्न सकिन्छ  

0 comments

Write Down Your Responses