Powered by Blogger.
वनधनी तथा कृषकद्धारा समस्या समाधानका लागि पहल गरिदिन आग्रह

हेटौडा,२ असार /  निजी वन अभिमुखीकरण तथा प्रबद्र्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रम आज हेटौंडामा भएको छ । निजी वन सरोकारवाला महासंघ मकवानपुरले जिल्ला वन कार्यालय मकवानपुरसँगको सहकार्यमा कार्यक्रम आयोजना गरेको हो । 
कार्यक्रममा मकवानपुरका निजी वन धनी तथा कृषकहरु लगाएतले आफ्नो समस्या भन्दै समाधानका लागि पहल गरिदिन आग्रह गरेका थिए । 

कार्यक्रम हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिना लामाको प्रमुख आतिथ्य तथा निजी वन सरोकारवाला महासंघ मकवानपुरका अध्यक्ष पुष्पराज पराजुलीको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरकी अध्यक्ष पञ्चमायाँ स्याङ्तान, बन बिज्ञान अध्ययन संस्थान हेटौंडा क्याम्पसका प्रमुख कृष्णप्रसाद दाहाल, निजी वन सरोकारवाला महासंघका केन्द्रिय अध्यक्ष बिष्णुप्रसाद ज्ञवाली, जिल्ला वन कार्यालय मकवानपुरका सहायक वन अधिकृत बिशाल भट्टराई लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा वन श्रमिक संघकी सल्लाहकार चित्रकुमारी गुरुङ्ग, नेपाल पत्रकार महासंघ मकवानपुरका सदस्य अशोक सुजन श्रेष्ठ लगाएतको आतिथ्य रहेको थियो । केन्द्रिय निजी वन सरोकारवाला महासंघका केन्द्रिय महासचिव तिलकजंग खड्काले सहजिकरण गर्नुभएको थियो । 

0 comments

Write Down Your Responses