Powered by Blogger.
सामुदायिक सेवा केन्द्रको जनप्रतिधिलाई सम्मान

हेटौंडा, २ असार / सामुदायिक सेवा केन्द्र मकवानपुरले हेटौंडा उपमहानगर पालिकाका बिभिन्न जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मान गरेको छ ।

केन्द्रले हेटौंडा, ७, ८, १४ र १५ नम्बर वडाका जनप्रतिधिहरुलाई वडा कार्यालयमा नै गएर सम्मान गरेको हो । केन्द्रले ७ नम्बरका वडाध्यक्ष राजन थापा, ८ नम्बरका वडाध्यक्ष गोपाल बहादुर श्रेष्ठ, १४ नम्बरका वडाध्यक्ष दिपक खड्का र १५ नम्बरका वडाध्यक्ष महारत्न लामालगायत वडा सदस्यहरुलाई सम्मान गरेको हो ।



 सामुदायीक सेवा केन्द्र मकवानपुरका अध्यक्ष राम बिष्टको सभाअध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा सामुदायीक सेवा केन्द्र मकवानपुरका निर्बतमान अध्यक्ष कुमार पौडेल, संस्थापक सचिव श्यामकृष्ण खतिवडा, कोषाध्यक्ष रामप्रसाद कोइराला, कमाने सामुदायिक केन्द्रका अध्यक्ष नारायण सिंह थिङलगायत सामुदायिक सेवा केन्द्रका सदस्यहरुको सहभागीता रहेको थियो ।

0 comments

Write Down Your Responses