Powered by Blogger.
नवनिर्वाचित जनप्रतिनिधिलाई समुदायका महिलाले गरे स्वागत

हेटौंडा, स्थानीय तह निर्वाचन मार्फत नवनिर्वाचित जनप्रतिनिधिहरुलाई आज एक कार्यक्रमबीच समुदायका महिलाहरुले स्वागत गरेका छन् । हेटौंडा,१५ चुरियामाई फारलाईनमा आज बिहान आयोजित कार्यक्रमका बीच वडा नम्बर, १५ का अध्यक्ष महारत्न लामा सहित सदस्यमा निर्वाचित पातलीमाया गोङ्बा, कुमारी श्रेष्ठ, पर्साबहदुर भुजेल लगायतलाई स्वागत गरिएको हो ।

मकवानपुर महिला समूहले भुकम्प पश्चात सुरु गरेको समुदायको अगुवाईमा सामुदायिक पुर्ननिर्माण कार्यक्रम अन्तर्गत सञ्चालन भएको महिला समुहले जनप्रतिनिधिहरुलाई स्वागत गरेको थियो । एक्सन एड् नेपाल र मकवानपुर महिला समुहले सञ्चालन गरेको परियोजना अन्तर्गत समन्वय बैठकमा सो परियोजना अन्तर्गत सञ्चालन हुने कार्यक्रमका विषयमा जानकारी गराइएको थियो । कार्यक्रममा नवनिर्वाचित प्रतिनिधिहरुले हालसम्म भएको कार्यक्रमको जानकारी लिँदै आगामी दिनमा पनि समन्वय मार्फत काम गर्न इच्छुक इच्छुक भएको टिप्पणी गरेका थिए । महिला सुरक्षित स्थान सेफ सेन्टरका अध्यक्ष रामप्यारी श्रेष्ठको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा मकवानपुर महिला समूहका उपाध्यक्ष राधिका चौलागाईंले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा समुदायको अगुवाईमा सामुदायिक पुर्ननिर्माण परियोजनाका फिल्ड अफिसर शुभलक्ष्मी विश्वकर्माले कार्यक्रमको उद्देश्यबारे जानकारी गराउँदै समुदायलाई बढीभन्दा बढी लाभ पुग्ने गरी काम गर्न समन्वयलाई जोड दिएको बताउनुभयो । यस्तै सामाजिक परिचालक सम्झना दंगालले परियोजना अन्तर्गत हालसम्म सो स्थानमा भएको कार्यक्रमबारे जानकारी दिँदै आगामी दिनमा यस क्षेत्रमा सञ्चालन हुने कार्यक्रमबारे जानकारी गराउनुभयो । कार्यक्रममा विद्यालय, बन समिति, सामाजिक परिचालक, स्वास्थ्य स्वयम् सेविका र स्थानीय महिलाहरुको सहभागिता रहेको थियो ।

0 comments

Write Down Your Responses