Powered by Blogger.
राजधानीमैै जनयुद्धकालिन झल्को, यौन दुव्र्यवहार गर्नेलाई माओवादी मध्यस्थतामा उन्मुक्ति


ललितपुर, ४ असार । माओवादी द्धन्द चरम अवस्थामा रहेका बेला जनअदालत गठन गरेको घोषणा गर्दै कयौं ठाँउमा आफैंले मुद्दाको छिनोफानो गरेको समाचारहरु आइरहन्थे । 

तर माओवादीको जनयुद्ध विश्राम, मुलुकमा गणतन्त्रको बहाली, संघियताको कार्यान्वयन स्वरुप स्थानीय तहको निर्वाचन भएर नयाँ जनप्रतिनिधी बहाली भइसक्दा पनि केही ठाँउमा अझैं पुरानो धङ्धङी यथावत रहेको खुलासा भएको छ । त्यो पनि कुनै विकटमा नभई राजधानीसंगै जोडिएको ललितपुर जिल्लामा ।

कुरा यही जेठ ३० गतेको हो । माओवादी पार्टी गाँउ कमिटीमा ‘निवेदन परेको’ र पार्टीको बैठकले निर्णय गरेको भन्दै ललितपुर स्थित कोन्ज्योसोम गाँउ पालिकाका केही व्यक्तिहरुले सादा कागजमा २ पाने समझदारी पत्र जारी गरेका छन् । (हेर्नुस् पत्र) 



जहाँ अनैतिक व्यवहार गर्ने व्यक्तिलाई पार्टीले आइन्दा त्यस्तो गल्ती नदोहो¥याउने शर्तमा उन्मुक्ति दिएको देखिन्छ । 

घटना नल्लुका जनक घलानसंग सम्वन्धीत छ । उनी सोही गाँउका एमाओवादी पार्टीका पूर्व इकाइ अध्यक्ष तथा गत स्थानीय निर्वाचनमा माओवादी तर्फका वडा अध्यक्षका उमेद्वार कबेल घलानका पिता हुन् । पार्टी र स्थानीय आफुनिकट केही व्यक्तिको आडमा पिडितलाई न्यायको सट्टा दवावका भरमा कागजमा सही गर्न लगाएको र सो उजुरी अन्यत्र गरेमा नराम्रो हुने धम्कि समेत दिइएको बताइएको छ । 

उमेरले ५० कटिसकेका वृृद्ध जनक चारित्रिक हिसावले अत्यन्त कमजोर रहेको र महिलाहरुमाथी दुव्र्यवहार गरेको यसअघि पनि दर्जनौं घटनाहरु रहेको स्थानीयवाशी बताउँछन् । 

घलानले आफ्नै जग्गामा टहरो बनाएर चिया पसल चलाउने शान्ती खत्रीलाई र्दुव्यवहार गरेको र घटना गुपचुप पार्न पार्टीकै आडमा गैरकानुनी ढंगले जर्वजस्ती समझदारी पत्र बनाइ हस्ताक्षर गर्न लगाइएको बुझिएको छ । यसअघि नेपाली काँग्रेसकी एक क्रियाशील सदस्यमाथी पनि उनले दुव्र्यवहार गरेको केसलाई पार्टीकै आडमा फासफुस पारिएको थियो ।

उक्त अनाधिकृृत समझदारी तयार गर्ने व्यक्ति माओवादीका गाँउ कमिटी सचिव तथा हालै विद्यालयबाट अवकाशप्रप्त शिक्षक यज्ञबहादुर घलान रहेको बताइएको छ । पिडक घलानले महिलालाई दुव्र्यवहार नै गरेको ठहर गर्दै उनलाई दुई वर्षसम्म पार्टीको बैठक, भेला तथा सेमिनारमा सहभागिता जनाउन बन्देज गर्ने, पिडितसंग माफी माग्ने र यस्तो खालको घटना दोहोरिएमा पार्टीले कडा भन्दा कडा कारवाही गर्ने भन्दै अर्मुत शव्द राखिएको छ । 

तर पिडक घलानले यस्तो घटना दोहो¥याएको मात्र होइन यसअघि दर्जनौ गराएको तथ्य रहेको स्थानीयको भनाई छ ।

कागजमा पिडितलाई पहिलो र पिडकलाई दोस्रो पक्षमानी कागज गरी ल्याप्चे गराइएको छ भने साछीका रुपमा कागज लेख्ने व्यक्ति यज्ञबहादुर, पिडककै छोरा  तथा वडा अध्यक्षका उमेद्वार कवेल घलान लगायतका अन्य व्यत्तिहरु उल्लेख गरिएको छ । 

सो क्षेत्रमा क्रिश्चीयन धर्म फैलाउन पहिलेदेखि नै सक्रिय पिडक घलानले आफ्नै घरमा सङगती समेत चलाउने गर्छन् । देख्दा सोझा तथा भलाद्मी भएपनि चारित्रिक मामलामा अत्यन्त कमजोर रहेका उनको पछिल्लो यो घटना बाहिर आएपछि आफ्ना चेलिबेटीलाई समेत जोगाउन गाह्रो परेको भन्दै उक्त सङगतीमा जान रोक लगाएको एक अविभावकले जानकारी दिए । 

यता वडा अध्यक्ष तिर्थबहादुर घलान भने समाजमा यस्ता खाले विकृति फैलाउने र पटक पटक गल्ति गर्नेलाई राज्यको कानुनी कठाघरामा उभ्याउनुपर्नेमा कुनै एउटा पार्टीको आडमा गुपचुप केस मिलाउने प्रयास गरेको भन्दै रुष्ट छन् । 

त्यस्ता व्यक्तिहरुलाई नियमअनुसार कडा भन्दा कडा कारवाही हुनुपर्नेमा गलत प्रक्रिया अपनाइकोमा उनको चिन्ता छ । ‘यहाँ ‘बाख्रो हरायो भन्दा पनि, बाघ पल्क्यो भन्ने चिन्ता हो,यस्ता गतिविधीलाई  दलगत प्रतिशोध होइन कानुनी ढंगबाट निरुपण गर्नुपर्छ ।’ – उनले दामन पोष्ट समक्ष भने । 

विभिन्न अधिकारवादी सामाजिक संघ संस्थाले समेत यसमा चासो नदिएकामा गाँउलेको गुनासो छ । 

जनक घलान



0 comments

Write Down Your Responses