Powered by Blogger.
करेन्ट लागेर १ जना घाइते

मकवानपुर,५ असार / मकवानपुरको पुर्वि क्षेत्रमा रहेको हेटौँडा हात्तिसुडे सडकखण्डमा यात्रा गर्ने क्रममा करेन्ट लागेर एक जना घाइते भएका छन ।

हेटौडा उपमहानगर १८ बस्ने २९ वर्षिय सुजन श्रेष्ठलाई करेन्ट लागेको हो । करेन्ट लागेर गम्भिर घाइते श्रेष्ठको प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार पछि हेटौडा रिफर गरीएको छ ।

धरान चतरा सडक खण्डको बकैया  ४को पाङ्धुरेमा पर्ने उक्त पसडक सुचारु छैन भने बैकल्पीक सडकको रुपमा प्रयोग गरिदा उक्त दुर्घटना भएको छ । प्राथमिक स्वास्थ्य केन्द्र छतिवनका हेल्थ असिसटेन्ट दिनेश गुप्ताका अनुसार घाइते श्रेष्ठको   अवस्था चिन्ताजनक छ ।

बसको हुटमा बसेर यात्रा गर्ने क्रममा तार पन्छाउदा करेन्ट लागेको विद्युत प्राधिकरणका छतिवनका केदार लामीछानेले बताउनुभयो ।

0 comments

Write Down Your Responses