Powered by Blogger.
सकारात्मक सोचका लागि रेडियो पालुङले थाहामा सिग्नेचर मुभीको च्यारिटि शो गर्दै

मकवानपुर,५ श्रवण /  स्वास्थ्य मन्त्रालय (NCASC) वाट अवार्ड अफ एक्सिलेन्स् प्राप्त ‘सिग्नेचर मुभि थिङक पोजेटिभ ग्लोबल क्याम्पियन’ यहि श्रावण २१ गते शनिवार मकवानपुर जिल्लाको थाहा नगरपालिकाको  जेसिस भवन पालुङमा र थाहा नगरपालिका वडा नं ६ वज्रवाराही सामूदायिक भवनमा हुने भएको छ ।

सभ्य सिर्जनाको प्रस्तुति रहेको उक्त कार्यक्रमको आयोजना स्कूल फाउण्डेसन र रेडियो पालुङ एफ एम १०७.२ मेघाहर्जले  गर्ने भएका छन्। जसको  संयोजकत्व रेडियो पालुङ एफ एम का प्रवन्ध निर्देशक धुर्वराज ढकालले  गर्नेछन्।

ओस्कार इन्टरनेसनल कलेज (कलेज अफ फिल्म स्टडिज) , सभ्य सिर्जना प्रा।लि र स्कूल फाउन्डेसनका अध्यक्ष सागर उद्गमको अनुसन्धान, लेखन, निर्देशनमा बनेको चलचित्र सिग्नेचरलाई गीतकार प्रकाश सुवेदी र सागर उद्गमले निर्माण गरेका हुन् ।

 गीतकार तथा निर्माता प्रकाश सुवेदी सभ्य सिर्जना प्रा .लि.का प्रवन्ध निर्देशक र स्कुल फाउन्डेसनका महासचिव हुन्। चलचित्रमा विनोद पौडेल, सन्दिप क्षेत्री, जीवनसाथी बस्नेत, नम्रता सापकोटा, निर्णय श्रेष्ठ, जेविडिसी, सरिता गिरीको अभिनय रहेको छ भने मुख्य सहायक निर्देशक तथा कस्ट्युम डिजाइन रमेशबाबा नेपाल, छायाङकन पुरुषोत्तम प्रधान, धिरजजंग शाह, शिवराम श्रेष्ठ र नवराज सुवेदीको रहेको छ ।

चलचित्रमा निशान घिमिरेको सम्पादन तथा रङ्ग समायोजन, अच्युत सिटौलाको गीत, सङगीत र गायन, जीवन थापाको ग्राफिक्स, विवश पौडेलको पाश्र्व संगीत, मुकेश शाहको मिक्सिङ,ललित सुव्वाको निर्माण संयोजन र कृष्ण थापाको निर्माण व्यवस्थापन ,लोगोरस्केच जया शर्मा,श्रृङ्गार शुशिला जोशीको रहेको छ ।

वास्तविक जीवन कथा वोकेको चलचित्र सिग्नेचरमा समाजका विभिन्न तत्वहरुले पार्ने प्रभाव,व्यक्तिमा पैदा हुने नकरात्मक सोच र सोही वमोजिमको क्रियाकलापले उसको जीवन र समाजमा पर्न जाने असरलाई अत्यन्तै कलात्मक र जिवन्त तरिकाले प्रस्तुत गरिएको छ।

परिवारको सहि निगरानीको अभाव र खराव संगतका कारण युवाहरु कसरी दुर्व्यसनमा लाग्दछन् र उनीहरुको जीवन कसरी क्षतविक्षत हुन्छ भन्ने विषयलाई चलचित्रले समेटेको छ भने समग्र चलचित्रको भाव सकरात्मक व्यवहारको विकास र आशावादी जीवन जिउन उत्प्रेरणा दिने खालको छ।

विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व,सञ्चारकर्मी र युवा जमातको उत्साहजनक शहभागिता रहेने सो कार्यक्रममा चलचित्र सिग्नेचर मुभिको स्क्रिनिङ,हस्ताक्षर अभियान र  नि:शुल्क कन्डम वितरण तथा HIV AIDS Counceling  जस्ता क्रियाकलापहरु पनि सम्पन्न गरिनेछ ।

यो अभियान र चलचित्रलाई यूएनएडस, सरकारका गृह, शिक्षा, स्वास्थ्य, सूचना तथा सन्चार, संस्कृति तथा पर्यटन मन्त्रालयलगायत चलचित्र विकास बोर्ड, लायन्स क्लब इन्टरनेसनल, रेडक्रस सोसाइटी, नेसनल सेन्टर फर एडस् एन्ड एसटीडी कन्ट्रोलले एक्नलेज्ड गरेका छन् ।

  सकारात्मक सोचका लागि अभियानका रुपमा अगाडि बढेको यस चलचित्रले अवको कार्यक्रम विभिन्न संघ संस्था सँग सहकार्य गर्दै  नेपालभरिका विभिन्न स्थानहरुमा  सम्पन्न गर्ने  आयोजकले जानकारी दिएको छ भने यहि भदौ १७ गते पोखराको पोखरा सभागृहमा गरिने कार्यक्रम तय भैसकेको छ।

0 comments

Write Down Your Responses