Powered by Blogger.
अडियो टावरबाट सञ्चालित रेडियो पालुङ आज बाट १४ औँ वर्षमा प्रवेश

थाहानगर, २१ असार /  दक्षिण एसियाकै पहिलो अडियो टावरबाट सञ्चालित सामुदायिक रेडियो, रेडियो पालुङ १०७.२ मेगाहर्ज आज बाट १४ औँ वर्षमा प्रवेश गरेको छ  । २०६१ साल असार २१ गते देखि आफ्नो औपचारिक प्रसारण सुरु गरेको समुदायको हितको लागि सामुदायिक रेडियोे पालुङ एफएमले आज एक कार्यक्रमको आयोजना गरि मनाइएको हो ।

२०५१ सालमा सामुदायिक विकास पत्रकारीताको अभ्यासवाट सुरू भएको अभियान भित्तेपत्रिका, अडियो टावर हुदै २०६१ आषाढ २१ गतेवाट रेडियो पालुङ एफएम १०७.२ मेगाहर्जको रूपमा निरन्तर जारी छ ।

सूचना, विचार र ज्ञान विज्ञानको निम्ति जनताले आफ्नै पहल र स्वामित्वमा स्थापना र सन्चालन गरिरहेको सन्चार माध्यम हो रेडियो पालुङ । थोरै क्षमतमा सञ्चालन भएको रेडियो भए पनि धेरै जिल्लामा सुनिने नारायणी अञ्चल कैै पहिलो रेडियो हो ।

 हाल ५० वाट क्षमतामा प्रसारण भइरहेको रेडियो ४२ वटा जिल्लामा सुनिने भएता रेडियो १२ गतेको महा भुकम्पले मकवानपुरको सिम भञ्याङको रिले टावर पूर्ण रुपमा ध्वस्त भए पछि रेडियो स्टेशन पालुङबाट प्रसारण भइरहेको रेडियोका स्टेसन म्यानेजर केदार ढकालले बताए ।

प्रारम्भ देखि १७ घण्टा प्रसारण भइरहेको एफएमले स्थानिय,राष्ट्रिय वुलेटीन र विभिन्न जात जाति र भाषा भाषीलाई समेटेर कार्यक्रमहरु संचालनमा  रहेको ढकालले बताए ।

एफ.एमका अध्यक्ष विष्णुहरि ढकालले जनजागरण अभियानका सुरूवातकर्ता, निरन्तरताको निम्ति योगदान गर्ने ,पत्रकार शुभचिन्तक, विज्ञापन दाता लगायतलाई धन्यावाद दिएका छन ।  थाहा आन्दोलनका सर्जक रूपचन्द्र बिष्टको जन्म एवं कर्म भूमिमा चलिरहेको थाहा आन्दोलनकै एउटा जीवन्त उदाहरण र आमूल परिवर्तनको एउटा योगदानकर्ता संस्था एवं सूचना, ज्ञान, विज्ञान, भाषा, कला र संस्कृतिको निम्ति अपरिहार्य संस्थाको रूपमा नवनिर्वा्चित स्थानीय तहका जनप्रतिनिधिहरूले यसलाई आधुनिक प्रविधि युक्त र ससक्त वनाउन पहल गर्नेमा हामी विस्वस्त रहेकोे एफ.एमका अध्यक्ष ढकालले बताए ।

 उनले भने, ‘आज देशभर सामुदायिक सन्चार अभियानको फैलावट र योगदान जुनरूमा विकास भएको छ त्यसप्रति हामी गौरवान्वीत छौँ, नेपाली जनताको गौरवका प्रतीक जनप्रतिनिधि स्व. रूपचन्द्र बिष्टको थाहा आन्दोलनको यो एउटा निरन्तरता पनि हो । ′

कार्यक्रममा सस्थाका कोषाध्यक्ष के बि बिस्ट, सचिब विष्णुहरि ढकाल, सामुदायिक रेडियो प्रशारक सघको केन्द्रिय सदस्य धुर्व राज ढकाल ,राम कार्की, स्टेशन प्रमुख केदार ढकाल लगायतको उपस्थितिमा थियो ।
यस अवसरमा दामनपोष्ट परिवारको तर्फबाट पनि शुभकामना


0 comments

Write Down Your Responses